विराटनगर । विराटनगर – ११ का ३९ वर्षीय भीम कामतको मृत्यु संकास्पद भएको आफन्तले बताएका छन् । शुक्रबार गाँजा सहित घरबाटै पक्राउ परेका कामतको हिरासतमा मृत्यु भएपछि प्रहरी माथिनै प्रश्न चिन्ह खडा भएको छ ।
उनको आइतबार दिउँसो मृत्यु भएको थियो । उनको मृत्युसँगै आफन्तले प्रहरीलाई संकाको घेरामा राखेर सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालय अगाडी प्रर्दशन गरेका छन् । मृत्यु संकास्पद देखिएको छ, मृतककाी भाउजु मीनादेवी कामतले भनिन्, ‘देवरलाई चरम यातना दिएर हत्या गरिएको छ, हामीलाई अस्पतालमा आइसियुमा राखिएको छ भनेर बोलाइएको थियो, तर, पुग्दा मृत्यु भइसक्यो भने ।’
जिल्ला प्रहरी कार्यालय मोरङले भने कामत आइतबार बिहान अचानक बिरामी भएपछि उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको जनाएको छ । अस्पतालमा उपचारका क्रममा उनको आइतबार दिउँसो करिब साढे १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युको कारण पोष्टमार्टमपछि मात्र थाहा हुने जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले बताए ।
प्रहरीले शुक्रबार कामतलाई उनकै घरबाट तीन किलो चार सय ८० ग्राम गाँजासहित पक्राउ गरेको थियो ।
Post Views: 21