ललितपुर । ललितपुर महानगरपालिकाको पाटन दरबार क्षेत्रमा रहेको ‘पाटन सङ्ग्रहालय’ भोलिदेखि खुला गरिने भएको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले भोलिदेखि सङ्ग्रहालयलगायत दरबार क्षेत्रका अन्य पर्यटकीय स्थलसमेत खुलाइने जानकारी दिनुभयो ।
निषेधाज्ञासँगै गएको वैशाख १६ गतेदेखि सङ्ग्रहालय बन्द गरिएको थियो । कोभिड १९ अघि दैनिक झण्डै चारदेखि पाँच सय आगन्तुकले सङ्ग्रहालय भ्रमण गर्ने गरेको थिए ।
पाटनमा मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कार्तिक नाच, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि मनाइन्छ । पाटन परम्परादेखि चीनको खासा, ल्हासा र भुटानको थिम्पुसम्म हस्तकलाको व्यापार गर्ने व्यापारीहरूको पुरानो थलो पनि हो । पाटनमा विभिन्न काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका सामग्री निर्माण हुन्छ ।
Post Views: 302