विराटनगर । एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै आज नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको छ ।
यस अभियानले मोबाइल ब्रोडब्याण्ड सेवाबाट पाउन सकिने अवसरहरुबाट लाभ लिनका लागि एनसेल फोरजी नेटवर्कका साथ सधैं कनेक्टेड र अन रहन प्रोत्साहन गर्दछ ।
एनसेलले आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पुर्याउँदै देशको दुई तिहाई भन्दा बढी जनसङ्ख्यामा फोरजी सेवाको विस्तार गरिसकेको छ ।
उच्च गतिको इन्टरनेट तथा मोबाइल ब्रोडब्याण्ड फोरजी र एलटीई सेवाले नेपालको डिजिटललाइजेशन यात्रामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको कम्पनीको दाबी छ ।
देशको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकासमा एक प्रमुख भुूमिका निर्वाह गर्दै देशैभर उच्च गतिको इन्टरनेट सेवाको पहुँच सुनिश्चित गर्न र डिजिटल नेपाल निर्माणको राष्ट्रिय लक्ष्य प्राप्तिमा योगदान पुर्याउन एनसेलको प्रतिबद्धता छ ।
Post Views: 75