अजय मण्डल
सुनसरी । देवानगञ्ज गाउपालिका – ५ साहेबगञ्जमा नेपाली कांग्रेसको १४ औँ अधिवेशनमा निर्वाचित भएकालाई सम्मान गरिएको छ ।
बिहिबार एक कार्यक्रममको आयोजना गरेर वडा अधिवेशनमा निर्वाचित भएका पदाधिकारीलाई सम्मान तथा प्रमाणपत्र बितरण गरिएको हो । उनिहरूलाई नेपाली कांग्रेसका सुनसरी जिल्ला सभापति राजीब कोइरालाले प्रमाणपत्र वितरण साथै सम्मान गरेका थिए ।
कोइरालाले महाधिवेशनमा निर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै कार्यकालको शुभकामना व्यक्त गरेका थिए । त्यसैगरी १४ औं महाधिवेशन मार्फत सशक्त कांग्रेस बनाउने अभियानमा लाग्न सबैलाई अनुरोध गर्दै उनले कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव भएको उल्लेख गरे ।
कांग्रेस ब्यक्तिगत र गुटगत स्वार्थमा लाग्दा कमजोर भएको बताउदै उनले भने, ‘संगठन बिधिविधान अनुसार चल्नु पर्ने र त्यागको भावना समते राख्नु पर्छ ।’
कार्याक्रममा बोल्दै जिल्ला सचिब केदार भण्डारीले बीपिको बिचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । उनले २०१५ सालको पहिलो आम निर्वाचन तथा २०४६ सालको प्रजातन्त्र आउनुमा पनि बीपि कै ठुलो योगदान रहेको चर्चा गरे । उनले २०१७ सालका बीपिको निर्वाचित सरकारलाई हटाएर राजा महेन्द्रले पंचायती ब्यवस्था लागु गरे पनि बीपिको ब्यक्तित्व र बिचारलाई कदर गर्ने गरेको बताए ।
Post Views: 40