काठमाण्डौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको भेला आज हुँदैछ । भेला पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे हुने बताइएको छ । भेलामा सभापति शेरबहादुर देउवा इतरका शीर्ष नेताहरू उपस्थित हुने छन् ।
प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा क्रियाशील सदस्यता विवादबीच प्रहरी, प्रशासनको बलमा वडा अधिवेशन गरिएपछि पौडेल पक्षले असन्तुष्टि जनाएको छ ।
पार्टी महाधिवेशन, सरकार विस्तारमा भएको ढिलासुस्ती र राजनीतिक शक्ति बाँडफाँडमा प्रधानमन्त्री समेत रहेका सभापति देउवाले गरेको एकलौटी निर्णयका विषयमा छलफल हुने पौडेल पक्षका नेताहरुले बताएका छन् ।
बैठकमा २० जिल्लाको क्रियाशील सूची तत्काल सार्वजनिक गरेर संसोधित कार्यतालिका बमोजिम अधिवेशनको माग गर्ने तयारी छ । प्रदेश नम्बर २ का ८ जिल्लासहित विभिन्न २१ जिल्लामा अझै पनि क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएको छैन ।
भदौ १८ मा गर्ने भनेको वडा अधिवेशन असोज ५ गतेसम्म धकेलिएको छ । नेता रामचन्द्र पौडेल समूहले डडेलधुराको वडा अधिवेशन अस्वीकार गर्ने तयारी समेत गरेको छ ।
Post Views: 42