इटहरी : इटहरी उपमहानगरपालिका १९ का वडाध्यक्षलाई धम्की दिएर पैसा माग्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा झापाको दमक नगरपालिका १ का २४ वर्षीय पुण्यबहादुर श्रेष्ठ रहेको कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार गत असार १३ गते वडाअध्यक्ष श्रीनारायण चौधरीलाई अपरिचित नम्बरबाट फोन गरी गाली गलौच गदै धम्की दिँदै २० लाख मागिएको थियो । घटनापछि प्रहरीले खोजिगर्ने क्रममा आफ्नै घरबाट श्रेष्ठलाई पक्राउ गरेको कार्यालयले जनाएको छ ।
पक्राउ परेका श्रेष्ठ उपर मुलुकी अपराध संहिता ऐन २०७४ बमोजिम अभद्र व्यवहारमा सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
Post Views: 47