विराटनगर : नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका १६ रानीबाट सशस्त्र प्रहरीले करीब १९ लाख मूल्य बराबरको अवैध रूपमा भित्र्याएको औषधि बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार दुईवटा कार्टुन झाडीमा फ्यालेको अवस्थामा औषधि बरामद गरिएको हो ।
प्रहरीको आँखा छल्न बिस्कुटको कार्टुनमा औषधि प्याक गरेको अनुसन्धानबाट खुलेको छ ।
डेक्समिडाइन, टिगेवेस्ट, टिकोवाक्ट, कुटेनोक्स, डोटामिन, निप्रेस लगायतका ११ प्रकारका औषधि बरामद गरिएको एसपी पौडेलले जानकारी दिए ।
बरामद भएको औषधि अवैध रूपमा तस्करी धन्दा चलाउने गिरोहको सञ्जालले ल्याएको हुनसक्ने प्रहरीले बताएको छ ।
Post Views: 2