सुनसरीको । रामधुनी नगरपालिका ९ डुम्राहा सितपुरका जयकुमार साहलाई बल पूर्वक बेपता पारिएको विषयमा १९ वर्षपछि न्यायका लागि प्रहरी र सरकारी वकिल कार्यालयमा उनका भाइ जाहेरी दिन पुगेका छन् ।
साहका भाई रुपेश शाहले आफ्नो दाईलाई तत्कालिन शाही नेपाली सेना पूर्वी पृतना इटहरीका तत्कालिन पृतनापती प्रदिप प्रताप बम मल्ल, घटना गरिएको टोलीका कमाण्डर मेजर छत्रबहादुर कार्की उनीसगैं रहेका अन्य सैनीक सुरक्षाकर्मी, सशस्त्र प्रहरी बल पकलीका तत्कालिन डिआईजी सनदसिंह बस्नेत विरुद्ध भाई जयकुमार शाहलाई बल पूर्वक पक्राउ गरी गैरकानुनी हिरासतमा राखि यातना पश्चात बेपता पारिएको विषयमा उजुरी लिएर न्यायको खोजीमा निस्किएका छन् ।
शाहले दाईको कि शास कि लासको माग गर्दै काण्माण्डौसम्म धाउदाँ पनि न्याय नपाएकाले फेरी न्यायका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेको बताउनुभयो । शाहले उजुरी प्रहरीमा दिन जादाँ माथिको आदेश र गृहको पत्राचारले द्धन्द्धकालिन घटना भएको र त्यसका लागि छुट्टै आयोग गठन भएकाले आफूहरुले हेर्न नमिल्ने गरी फर्काइ दिएको बताए ।
जिल्ला प्रहरीले जाहेरी नलिएपछि सरकार वलिक कार्यालय सुनसरीको ढोका ढक्ढकाउन पुगेका शाहले त्याहाँ पनि माथि सोध्नुपर्ने र देशभरको समस्या भएकाले तत्काल जाहेरी गर्न नसकिने प्रतिकृया दिएको बताए । पहिला पनि कयौ पटक प्रयास गर्दा कानुन अभाव र अहिले कानुन भएपनि कार्यान्वयनको समस्याले न्यायमा ढिलाई भएको शाहको भनाई छ ।
अधिवक्ता रुकमिणा दाहालले न्याय मर्नुहुदैन भन्ने सिद्धान्तका साथ बेपता पारिएका व्यक्तिको परिवारलाई न्याय, परिपुरण र क्षतीपुर्ती राज्यले दिनुपर्ने बताउनुभयो । जिल्ला न्यायधिवक्ता नारायण रिमालले दर्ता गर्ने बारेमा पुरनो केस त्यसमा पनि आयोग गठन भएकाले माथि सोधेर मात्र केही प्रकृया अगाडी बढाउन सकिने बताए ।
Post Views: 24