विराटनगर । एप्पलले आफ्नो नयाँ संस्करणका आइफोनलगायतका विभिन्न प्रडक्टहरु सार्वजनिक गरेको छ ।
क्यालिफोर्निया स्ट्रिमिङ नामक उक्त अनलाइन समारोहमा एप्पलले एकसाथ आइफोन १३ सिरिजसँगै आइप्याड २०२१, नयाँ आइप्याड मिनी र एप्पल वाच ७ सिरिज पनि ल्याएको हो ।
आइफोन प्रयोगकर्ताहरुको लामो पर्खाइलाई अन्त्य गर्दै एप्पलले आइफोन १३ सिरिज सार्वजनिक गरेको छ । यस सिरिज अन्तरगत आइफोन १३, आइफोन १३ प्रो र आइफोन १३ म्याक्स र सानो आकारको आइफोन १३ मिनी गरी ४ वटा मोडेल छन् ।
फोनमा १२ मेगापिक्सेलको क्यामरा तथा बायोनिक चिपसेट रहेको छ । जुन सिक्स कोर चिपसेट हो । आइफोन १२ को तुलनामा आइफोन मिनीमा साढे २ घण्टा बढी ब्याट्री ब्याकअप हुने एप्पलको दाबी छ । आइफोन १३ मिनीको सुरुआती मूल्य ६९९ डलर तोकिएको छ भने आइफोन १३ को सुरुआती मूल्य ७९९ डलर तोकिएको छ । आइफोन १३ मा ६.१ इन्चको डिस्प्ले हुनेछ भने मिनी मोडेलमा ५.४ इन्चको डिस्प्ले रहनेछ ।
Post Views: 40