अष्ट्रियामा आगामी नोभेम्बर ७ मा भलिबल प्रतियोगिता हुँदै

अष्ट्रियामा आगामी नोभेम्बर ७ मा भलिबल प्रतियोगिता हुँदै

 राष्ट्रिय डेली

अष्ट्रिया/ नेपाली युरोपियन खेलकुद संघ (एनआइएससी) को आयोजनामा आगामी नोभेम्बर ७ तारिखमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।
युरोपमा रहेका नेपालीहरूबीच सद्भाव र भाइचारा अभिवृद्धि गराउने उद्देश्यका साथ एनआइएससीको आयोजनामा अष्ट्रियाको जोसेफ प्रेरिस अली ३, ५०२० साल्बु्रङमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा विभिन्न टिमको सहभागिता रहनेछ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगितामा प्रथम हुने टिमलाई १ हजार युरो र द्वितीय हुने टिमलाई ३ सय युरो पुरस्कारसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिने एनआइएससीका अध्यक्ष दिलकुमार घमालले जानकारी दिनुभयो ।
उहाँका अनुसार लगातार ३ वर्ष विजयी हुने टिमलाई नगद २ हजार युरोसहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा सहभागिता हुने टिम दर्ता अक्टुबर २५ तारिखभित्र गरिसक्नुपर्ने अध्यक्ष घमालले बताउनुभयो । घमालका अनुसार तोकिएको समयभित्र उपस्थिति नहुने टिमले प्रतियोगितामा सहभागिता हुन पाउने छैन । “खेलकुदका माध्यमबाट युरोपमा रहेका नेपालीहरूबीच चिनजान हुनुका साथै विदेशमा रहेर पनि नेपालीहरूले मुलुकको कला र संस्कृतिको विकासमा योगदान दिइरहेका छन् भन्ने प्रस्ट हुन्छ,” अध्यक्ष घमालले भन्नुभयो, “प्रतियोगितामा सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुनेछ । जहाँ बसेर जे गरे पनि जन्मभूमि र कर्मभूमिकै लागि गरिरहेका हुन्छौं ।” खेलकुदलाई आत्मसात गरेमा मान्छेले महँगो हिरा, मोती, सुन, चाँदी लगाउनै नपर्ने घमालको भनाइ छ । खेलकुदलाई पनि गहनाका रुपमा आत्मसात गरेमा जीवन सार्थक हुने उहाँको विचार छ । “खेलकुदले मानिसको शारीरलाई स्वस्थ राख्न मद्दत गर्छ,” अध्यक्ष घमाल भन्नुहुन्छ, “यदि मानिसको शरीर नै स्वस्थ छैन भने अर्बौं धनसम्पत्ति भएर पनि के गर्नु ? अर्कातर्फ खेलकुदले आपसी सम्बन्ध बढाउनुका साथै मनलाई शान्ति प्राप्त हुन्छ ।”
प्रतियोगिताका लागि तयारी तीव्र पारिएको छ । टिमलाई निमन्त्रण, खेल स्थानको टुंगो, पुरस्कार र ट्रफीको व्यवस्थापनलगायतका कामहरू अन्तिम चरणमा पुगेको घमालले बताउनुभयो । उहाँले कार्यक्रममा उपस्थित जनाएर आयोजक र खेलाडीलाई हौसला प्रदान गर्न युरोपमा रहेका नेपालीलाई आह्वानसमेत गर्नुभएको छ । “यसमा कुनै राजनीति हुँदैन,” उहाँले थप्नुभयो, “राजनीतिभन्दा माथि उठेर खेलकुदको माध्यमबाट आपसी सद्भाव र भाइचारालाई बलियो बनाउने हाम्रो उद्देश्य हो । मलाई लाग्छ राजनीतिले मान्छेका मन र मुटुलाई टुक्याउँछ तर कला साहित्य र संगीतले जस्तै खेलकुदले पनि मान्छेका मन र मुटुलाई जोड्छ ।”
आयोजकका तर्फबाट खेलाडीको टुंगोसमेत लागिसकेको छ । प्रतियोगितामा आयोजकका तर्फबाट अध्यक्ष घमालसहित राजु विश्वकर्मा, अंग शेर्मा, प्रेम रसाइली, ख्याम विश्वकर्मा, रोहित विश्वकर्मा, गर तेम्बा शेर्मा, इल्विन हुम्यान मैदानमा उत्रिनेछन् ।
यसैबीच, एनआइएससीको रिक्त रहेको सचिवमा शिव खड्कालाई मनोनीत गरिएको छ । घमालको अध्यक्षतामा एक वर्षअघि गठन भएको एनआइएससीमा सचिव पद रिक्त रहेको थियो । केही समयअघि बसेको एनआइएससीको बैठकले खड्कालाई सचिवमा मनोनीत गरिएको घमालले जानकारी गराउनुभयो ।

adv-single
सम्बन्धित समाचार

सगरमाथा आरोहण उत्साहजनक : उठ्यो ५० करोड बढी राजस्व

काठमाडौँ । वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट ५० करोड रूपैयाँ भन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट ५० करोड...

सार्वजनिक जग्गा संरक्षणमा लाग्न जिल्ला प्रशासनहरूलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक जग्गा फिर्ता ल्याउन शुक्रबार पुनः निर्देशन दिएका...

बर्दिवासलाई पराजित गर्दै एपीएफ मिल्स गोल्डकपको सेमिफाइनलमा

  विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल ९एपीएफ० पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आज भएको उद्घाटन खेलमा महोत्तरीको नगर खेलकुद...

गीतकार प्रमिला बस्नेतको 'सधैं देख्ने सपनाको' सार्वजनिक

काठमाडौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनि नेपाली गीतसंगीतमा सक्रिय रहेकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको...

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ (चितवन) । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन् । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल...

काेशीका मुख्यमन्त्री कार्कीविरूद्धकाे संकल्प प्रस्ताव बहुमतले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेको सो सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७०...

सांसद हसिना खानले लिइन् शपथ

काठमाडौँ । सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको शपथ गराएका...

एकीकृत समाजवादीले कोशी प्रदेशमा मुख्यमन्त्री मागेको छैन : नेता खनाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने...

रूखबाट खसेर एक पुरूषको मृत्यु

ढोरपाटन (बागलुङ) । बागलुङमा घाँस काट्ने क्रममा रूखबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका-४, खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो । बिहान ८ बजे बाख्रालाई घाँस...

जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर-५, धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको...

नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित

विराटनगर । नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्लासभा सदस्य एलेक्स लीद्वारा अनसंग हिरो २०२४ को रूपमा थापा सम्मानित भएका हुन् । थापा महिलाहरूको लागि मार्शल...

जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

जजरकोट । भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा पाँच सय विद्यार्थीहरूलाई शैक्षिक सामग्री...