विराटनगर । प्याब्सन विराटनगरको अध्यक्षमा मोहन बुढाथोकी निर्वाचित निर्वाचन भएका छन् ।
बिहीबार विराटनगरमा भएको दोस्रो अधिवेशनले बुढाथोकी निर्वाचित भएका हुन् । शिव अधिकारीलाई ७ मतले पछि पार्दै बुढाथोकी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । प्याब्सन विराटनगरमा ५६ सदस्य छन् । अध्यक्षबाहेक सबै पद निर्विरोध भएको जनाइएको छ । उपाध्यक्षमा अर्जुन श्रेष्ठ, सचिवमा अशोक लामा, सहसचिवमा हीरा मगर, कोषाध्यक्षमा नन्दलाल मण्डल र सहकोषाध्यक्षमा गाोपालप्रसाद रिजाल चयन भएका छन् ।
त्यस्तै महिला सदस्यमा सीमा अग्रवाल, सदस्यमा यादवकुमार प्रधान, चिरन्जीवि तिम्सिना, देवीलाल महतो, दिनेश ढुंगाना निर्विरोध निर्वाचित भएका छन् । प्याब्सनका नेता डा. उद्धव पोखरेल प्रमुख आयुक्त तथा राजेश आचार्य र सावित्री पराजुली निर्वाचन आयुक्त रहेको निर्वाचन समितिले निर्वाचित अध्यक्षसहित निर्विरोध हुने सबैको नामावली सार्वजनिक गरेका थिए । प्याब्सन महानगरको कार्यकाल दुई वर्षको रहेको छ ।
Post Views: 315