विराटनगर । मोरङ क्षेत्र नं. ४ मा सदस्यता बिवादले उग्ररूप लिएको छ । कांग्रेस केन्द्रिय सदस्यता कार्यसम्पादन समितिले मोरङका नयाँ क्रियाशिल सदस्य सार्वजनिक गरेपछी बिबाद चुलिएको हो ।
क्षेत्र नं. ४ को वडा नं. ३, १९ र ग्रामथान ७ को कांग्रेस बुथ समितिले सिफारिस गरेको भन्दा अन्य क्रियाशिल केन्द्र बाट थपेर पठाएको पाईएपछी क्षेत्रीय सभापति विनोद बस्नेतको नेतृत्वमा कांग्रेस पार्टी कार्यलय पुगेको टोलिले प्रक्रिया मिचेर केन्द्रबाट थपेको क्रियाशिल सदस्यता खारेज हुनुपर्ने माग गरेको छ ।
कांग्रेस मोरङ सभापति डिग बहादुर लिम्बु र सचिब नागेश कोईरालालाई बिहिबार भेटेर बस्नेत नेतृत्वको टोलिले प्रक्रिया मिचेर केन्द्रबाट थपीएको क्रियाशिल सदस्यता खारेजको माग गरे ।
क्षेत्रीय सभापति बस्नेतले भने, ‘प्रक्रिया मिचेर केन्द्रबाट थपीएका सदस्यहरू खरेज गरौँ, हैन भने निर्वाचन स्थगित गरौँ, यस्तो तरिकाले निर्वाचनमा जान सकिन्न ।’
उक्त टोलिमा कांग्रेस माहासमीति सदस्य विश्वनाथ रिजाल, कांग्रेस जिल्ला सदस्य सुबोध निरौला, विराटनगर १९ का बुथ समिति अध्यक्ष शेषराज राजवंशि, ग्रामथान गाउपालिका वडा नं. ७ का बुथ समिति उपाध्यक्ष लगायतको सहभागिता थियो । कांग्रेसको वडा सम्मेलन असोज ५ गते हुदैँ छ ।