खोटाङ । खोटाङमा डेङ्गीका बिरामी भेटिएका छन् । हप्ता दिनको अवधिमा डेङ्गीका आठ जना बिरामी भेटिएका जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. वैभव मल्लिकले जानकारी दिए ।
अहिलेसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका एक जना, रावाबेसी गाउँपालिका–३ लामीडाँडाका एक जना र दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका एक जनालाई डेङ्गी लागेको पुष्टि भएको छ । शुक्रवार दुई जनालाई डेङ्गी पोजेटिभ पुष्टि भएको सुपरिटेन्डेन्ट डा. मल्लिकले बताए ।
साकेला गाउँपालिकामा पनि डेङ्गीका बिरामी भेटिएको जनाइएको छ । यो सिजनमा खोटाङमा विगतका वर्ष पनि डेङ्गीका बिरामी भेटिने गरेको अस्पतालले जनाएको छ ।