सरोज पौडेल
बिराटनगर । गोग्राहा सहकारीले ११औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बिराटनगर माहानगरपालिका ४ मा अवस्थित गोग्राहा सहकारीले अध्यक्ष मनोज बस्नेत को अध्यक्षतामा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रदेश सहकारी डिभिजनका प्रमुख तोया तिमल्सिना प्रमुख अथितीका रुपमा रहेका थिए । साथै सल्लाहकार बिजेन्द्र कर्ण , बम प्रसाद आचार्य, सोमराज पौडेल , नारायण पोखेरल अथिती रुपमा उपस्थित रहेका थिए ।
सहकारीले यो बर्ष आफ्नो जग्गा समेत खरिद गरेको छ।यसै सिलसिलामा आर्थिक बर्ष भित्रमा आफ्नै भबन निर्माणकार्य शुरु गरिने सहकारीका कर्यसमिति सदस्य समीर निरौला ले जानकारी गराएका छन।
सहकारीले आर्थिक आबस्था कमजोर भएका परिवारहरु लाई स्वोरोजगार बनाउने उदेश्यले सहुलियत ऋण प्रबाह गरि आर्थिक बिकासको कार्य गरेको साथै बेला बेलामा समाजिक कार्य रक्तदान कार्यक्रम, विभिन्न प्रकोपमा परेका जनता लाई राहत को कार्यक्रमहरु गर्दै आएको सहकारीका सचिब हिरा निरौलाले जानकारी गराए।
सहकारीले आफ्ना १५०० भन्दा माथि रहेका शेयर सदस्यहरुलाइ कार्यक्रममा प्रमाणपत्र समेत वितरण गरेको थियो।