संखुवासभा । संखुवासभाको मादीमा भएको सामुहिक हत्याकाण्डमा संलग्न थप चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
सामुहिक हत्यामा संलग्न भएको आरोपमा ४७ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्की पक्राउ परेको प्रहरीले जनाएको छ ।
४७ वर्षीय खड्गबहादुर कार्की घटनाको मुख्य योजनाकार रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
गत भदौ २१ गते ८२ वर्षीया पार्वती कार्की, उनका ५५ वर्षीय छोरा तेजकुमार कार्की, ५४ वर्षीया बुहारी मनमाया कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, ८ वर्षीय नाति दिवेन कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको सामुहिक हत्या भएको थियो ।
Post Views: 27