सुनसरी । सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर २ मा रहेको श्री मा .वि. विद्यालय आज बन्द गएिको थियो । नेपाली काँग्रेस देवानगंजको अधिवेशनको लागि विद्यालय आज बन्द गरिएको थियो । कोरोना माहमारी पछि बल्ल खुल्लेको विद्यालय यसरी पार्टीको कार्यक्रमको लागि बन्द गरिनु राम्रो नभएको स्थानियले वताएका छन् ।
शिक्षा स्थलमा राजनितिक पार्टीको कार्यक्रमले गर्दा पठनपाठन ठप्प गरिनु लजास्पद भएको र यसले विद्यार्थीको भबिष्य माथि खेलवाड भएको प्रष्ट देखिन्छ ।
देवानगंज गाउँपालिका अध्यक्ष लालि प्रसाद मेहताको ठाडो निदेर्शनमा विद्यालय बन्द गरिएको समाचार स्रोतले बताएको छ। गाउँपालिका अध्यक्ष लाली प्रसाद मेहताको यस्तो लजास्पद निर्णयले विद्यालयलाई राजनितिक स्वार्थका लागि प्रयोग गरेको देखिन्छ ।
Post Views: 45