सुनसरी । कार्यकक्षमै महिलाहरूमाथि दुव्र्यवहारको आरोप खेपिरहेका मेयर चौधरीविरूद्व राष्ट्रिय महिला आयोगमा उजुरी परेको छ ।
गत भदौ ३० गते बुधबार मेयर चौधरीले उपमहानगर परिसरमै दुई महिलालाई दुव्र्यवहार गरेका थिए । इटहरी ४ का सीता शेर्पा राई र शर्मिला भट्टराईलाई मेयर चौधरीले ‘यस्तो आइमाईलाई कसले भित्र पस्न दियो ? बाहिर–बाहिर’ भन्दै कार्यकक्षमै दुव्र्यवहार गरेका थिए ।
घटनाको भोलिपल्टैदेखि सशक्त विरोधमा उत्रिएको सुनसरीमा सक्रिय १३ वटा महिला अधिकारवादी संस्थामा आबद्ध अधिकारकर्मीहरूको संयुक्त टोलीले मेयर चौधरी उपर कडा कारबाही माग गर्दै महिला आयोगमा उजुरी दर्ता गराएको महिला आधारशीला सुनसरीकी अध्यक्ष सुशीला उप्रेतीले जानकारी दिइन् ।
उनका अनुसार अधिकारकर्मीको टोलीले मेयर चौधरीविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा पनि जाहेरी दर्ता गराउने प्रयास गरेको थियो । तर, मुद्दा शाखाका प्रहरी निरीक्षक केशवकुमार कट्वाल बाहिर रहेको भन्दै प्रहरीले उजुरी नलिएको उनले बताइन् ।
महिलामाथि भएको दुव्र्यवहारविरुद्ध कानूनी उपचारको प्रकृया अगाडि बढाएका अधिकारकर्मीहरुले सडक प्रदर्शनलाई पनि निरन्तरता दिएका छन् ।
Post Views: 67