पथरी । अनि देउराली रुन्छ नाटक मञ्चनको तयारीमा शब्द थिएटर जुटेको छ । पथरी शनिश्चरेमा अवस्थित शब्द थिएटरले आफ्नो दोस्रो बार्षिकउत्सवको अवसरमा हिजो अनि देउराली रुन्छ नाटक मञ्चन गर्ने घोषणा गरेको थियो । रंगकर्मी जिवन बरालको निर्देशनमा तयार गर्न लागिएको हो ।
नाटकमा प्रदेश १ का कलाकारहरुले अभिनय गर्ने भएका छन । नाटकमा सरोज तिम्सिना , छत्र राइ,सुदिपजंग कार्की , विमला पोखरेल , सदिच्क्षा अधिकारी , मेनुका राइ , सुमन कुइकेल , प्रेम खतिवडा , देव गुरुङ्ख , यशोदा श्रेष्ठ, मनोज तिम्सिना, प्रर्शुराम न्यैपाने , सन्दिप पोखरेल , नवीन गुरुङ्ख, विक्रम बस्नेत,प्रतिमापोखरेल लगायतले अभिनय गर्ने भएका छन् ।
मन बहादुर मुखियाले लेखेको कथा अनि देउराली रुन्छ सामाजिक विषय बस्तुमा आधारित रहेको छ । नाटक तिहार पछी मंचन गरिने आयोजकले बताए ।
Post Views: 278