विराटनगर । जिल्ला अदालत मोरङमा ३८ क्विन्टल सुन तस्करी प्रकरणको सुनुवाइ सुरु भएको छ । जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमालका अनुसार आइतबार बिहान ३८ क्विन्टर सुन तस्करी प्रकरणलाई हेर्दा हेर्दैमा राखेर सुनुवाइ भइरहेको छ । आज हुने सुनुवाइ भने अन्तिम नभएको उनको भनाइ छ ।
मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा ३८ क्विन्टर सुन तस्करी प्रकरण बाहिर आएको थियो । तस्करीको साढे ३३ किलो सुन गायब भएपछि तस्कर समूहको यातनाका क्रममा शाक्यको मृत्यु भएको थियो ।
शाक्यको २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा शाक्यको मृत्यु भएको थियो । शाक्यको हत्याको अनुसन्धानका क्रममा सुन तस्करीको ¥याकेट पत्ता लागेको थियो ।
Post Views: 271