दसैँबाट फिल्म चल्ने भएपछि सिनेमा हल सञ्चालकलाई राहत

दसैँबाट फिल्म चल्ने भएपछि सिनेमा हल सञ्चालकलाई राहत

 राष्ट्रिय डेली

कोरोना भाइरस महामारीका कारण लामो समययता सिनेमा हलरू बन्द गर्नु परेपछि समस्यामा रहेका हल सञ्चालकहरुले राहतको सास फेरेका छन् । सरकारले दसैँबाट हल खोल्न दिने निर्णय गरेपछि फिल्म नपाएका कारण सुर्ताइरहेका हल सञ्चाकलले निर्माता दसैँमा फिल्म चलाउन राजी भएपछि राहत महसुस गरेका हुन् । हल सञ्चालकहरु दसैँको फूलपातीबाट सिनेमा घर खुल्ने र कोभिडको प्रभाव पूर्ति गर्नेमा विश्वस्त बनेका हुन् ।

सरकारले निषेधाज्ञाका कारण बन्द रहेका उपत्यकाका सिनेमा घरलाई असोजको दोस्रो हप्तादेखि खुल्न दिने निर्णय गरेको थियो । तर कोरोना महामारी कायमै रहेको अवस्थामा फिल्म लगाउँदा दर्शकको अभावका कारण घाटा हुनसक्ने भन्दे फिल्म निर्माताहरू पछि सरेको अवस्था थियो । अब नेपाली निर्माताहरूले दसैँलक्षित गरेर चलचित्र प्रदर्शन गर्ने तयारी थालेपछि उनीहरू खुसी देखिएका हुन् ।

चलचित्र सङ्घ प्रदेश १ का अध्यक्ष चैतन्य बराल फिल्म भएको खण्डमा आफूहरू असोजको दोस्रो साताबाट सिनेमा हल खोल्न तयार रहेको बताए । सरकारी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा हल खोल्न तयार रहेको बताउँदै उनी भन्छन्, ‘कोभिडका कारण मर्कामा परेका थियौँ । अब उस्किन्छौँ भन्ने आशा पलाएको छ ।’

उनका अनुसार अहिले प्रदेश १ मा हाल ३१ वटा हलहरू बन्द अवस्थामा छन् । विराटनगरमा मात्र हाल ६ वटा सिनेमा घरहरू सञ्चालनमा छन् । तीन उच्चस्तरीय मल्टिप्लेक्स र तीन परम्परागत प्रविधिमा आधारित हलहरू विगत दुई वर्षयता सञ्चालनमा आउन सकेका छैनन् । विराटनगरमा २०७४ जेठदेखि तीनपैनी चौकस्थित सिटी सिनेमा, २०७५ मङ्सिरदेखि मेनरोडस्थित सेन्ट्रल मल्टिप्लेक्स र २०७६ मङ्सिरदेखि धरान रोडस्थित भाटभटेनीमा सुपरमार्केटमा क्युएफएक्स मल्टिप्लेक्स सञ्चालनमा आएको थियो ।

पछिल्लो ५ वर्षयता सञ्चालनमा आएका यी तीन मल्टिप्लेक्सहरूमा मात्रै कुल ३८ करोडको लगानी छ । तर अन्य ९० प्रतिशत सेवाका क्षेत्रहरू खुलिसकेपनि सिनेमा हल सञ्चालनको सवालमा भने सरकारी तदारुकताको अभावमा हलहरू अभूतपूर्व जोखिममा परेको चलचित्र महासङ्घ प्रदेश १ का अध्यक्ष अरुण प्रधान बताउँछन् ।

दसैँ–तिहार नजिकिँदै गर्दा सिनेमा हलहरू खुल्नु भनेको फिल्म क्षेत्रलाई चलायमान बनाउने एउटा राम्रो अवसर पनि हो । चाडपर्वको मौका छोपेर केही वर्षअगाडि फिल्महरूको भाले जुदाइ हुने गरेको थियो । तर २०७६ चैत्र ११ गते सरकारले देशव्यापी लकडाउन जारी गर्दै सिनेमा हल सञ्चालनमा रोक लगाएसँगै सिने क्षेत्रले चर्को मार खेप्नु परेको छ ।

२०७७ को फाल्गुन मसान्ततिर सङ्क्रमणको जोखिम केही हदसम्म न्यूनीकरण भएसँगै आवश्यक स्वास्थ्य सर्तकताका साथ हलहरू सञ्चालनमा आएका थिए । तर महिना दिन पनि नबित्दै सङ्क्रमण दर पुनः बढ्न थालेपछि सरकारी निर्देशनबमोजिम बन्द भएका मल्टिप्लेक्स र अन्य सिनेमा हलहरू हालसम्म सञ्चालनमा आउन सकेका छैनन् ।

पछिल्लो केही समययता कोरोना महामारी र एमेजोन प्राइम भिडियो, नेटफ्लिक्स, आइफ्लिक्स, हटस्टार, जी फाइभ, नेट टिभी जस्ता अनलाइन प्लाटफर्मका कारण करोडौँको लगानीसहित सञ्चालनमा आएका मल्टिप्लेक्सहरू आर्थिक सङ्कटमा पर्दै गएका छन् ।

adv-single
सम्बन्धित समाचार

सगरमाथा आरोहण उत्साहजनक : उठ्यो ५० करोड बढी राजस्व

काठमाडौँ । वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट ५० करोड रूपैयाँ भन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट ५० करोड...

सार्वजनिक जग्गा संरक्षणमा लाग्न जिल्ला प्रशासनहरूलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक जग्गा फिर्ता ल्याउन शुक्रबार पुनः निर्देशन दिएका...

बर्दिवासलाई पराजित गर्दै एपीएफ मिल्स गोल्डकपको सेमिफाइनलमा

  विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल ९एपीएफ० पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आज भएको उद्घाटन खेलमा महोत्तरीको नगर खेलकुद...

गीतकार प्रमिला बस्नेतको 'सधैं देख्ने सपनाको' सार्वजनिक

काठमाडौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनि नेपाली गीतसंगीतमा सक्रिय रहेकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको...

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ (चितवन) । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन् । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल...

काेशीका मुख्यमन्त्री कार्कीविरूद्धकाे संकल्प प्रस्ताव बहुमतले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेको सो सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७०...

सांसद हसिना खानले लिइन् शपथ

काठमाडौँ । सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको शपथ गराएका...

एकीकृत समाजवादीले कोशी प्रदेशमा मुख्यमन्त्री मागेको छैन : नेता खनाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने...

रूखबाट खसेर एक पुरूषको मृत्यु

ढोरपाटन (बागलुङ) । बागलुङमा घाँस काट्ने क्रममा रूखबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका-४, खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो । बिहान ८ बजे बाख्रालाई घाँस...

जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर-५, धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको...

नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित

विराटनगर । नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्लासभा सदस्य एलेक्स लीद्वारा अनसंग हिरो २०२४ को रूपमा थापा सम्मानित भएका हुन् । थापा महिलाहरूको लागि मार्शल...

जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

जजरकोट । भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा पाँच सय विद्यार्थीहरूलाई शैक्षिक सामग्री...