विराटनगर । विराटनगरका विभिन्न ठाउँका सडक पेटीमा राखिएका निर्माण सामाग्रीले पैदल यात्रीहरुलाइ हिड्न सकस परेको छ । विराटनगरको कंचनवारी चोकमा संचालन भएका हार्डवेयर पसल र ग्यारेजहरुले पैदल यात्रीहरु हिंड्रने ठाउँमा रड , टिना , गिट्टी , वाइकका टायरहरु राख्ने गरेको पाईएको छ । कंचनवारी चोकदेखी दक्षिण महेन्द्र चोक सम्म व्यावसायीहरुले पैदल यात्री हिँड्ने ठाउँमा निर्माण सामाग्री र अन्य सामाग्री राख्ने गरेका छन् ।
त्यस्तै सडकका छेउमा फालिएका फोहोरका कारणले समेत साइकल चालक , वाइक चालक र पैदल यात्रीहरुलाइ समस्या हुने गरेको छ । व्यावसायीहरुले सामाग्री जथाभावी राख्नाले दुर्घटना बढ्ने गरेक छ तर सम्बन्धित निकायले उचित व्यावस्थापनमा ध्यान दिएको छैन , विराटनगरका स्थानिय हेमन्त निरौलाले राष्ट्रिय डेलीलाइ बताए ।
प्रदेश १ को राजधानि जस्तो ठाउँमा अव्यावस्थित सडकका कारण पैदल यात्रीहरुको आवतजावतमा सधैं समस्या भएता पनी महानगर र स्थानिय वडाले समस्या समाधानमा चासो देखाएको छैन् ।