विराटनगर । झापाको बिर्तामोडबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्काई नगरपालिका – ९ का २६ बर्षीय टेकराज साह र २४ बर्षीय बिकाश मर्डी रहेका छन् ।
बिर्तामोडबाट १ पन्चकन्या प्लटिङ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर १४६ ग्राम सहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । सोमबार साँझ पौने ५ बजे जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले साहको साथबाट ०.५ मिलि ग्राम र मर्डीको साथबाट ४ ग्राम ५ मिलिग्राम ब्राउन सुगर फेला पारेको छ । यस्तै मर्डीको बिर्तामोड १ मा रहेको डेराबाट १४२ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर, नगद २ लाख ६९ हजार ३ सय, डिजिटल तराजु १ थान, डिजिटल क्यामेरा १ थान र उनले प्रयोग गर्दै आएको पदेश १–०१–०१२ प ९५४५ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै जना उपर ईलाका प्रहरी कार्यालय अनामनीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Post Views: 278