विराटनगर । बलिउड अभिनेता आमिर खानको फिल्म ‘लालसिंह चड्डा’ को प्रदर्शन मिति सरेको छ । यो क्रिसमसमा प्रदर्शनमा आउने तयारी रहेको फिल्म अब २०२२ को भ्यालेन्टाइनका लागि सरेको छ ।
अक्टोबर २२ देखि फिल्म हलहरु खोल्न दिने प्रशासनको निर्णयले खुसी छौं । कोभिडले पारेको असरका कारण अब हामी हाम्रो फिल्मलाई यो क्रिसमसमा ल्याउन सक्दैनौं, फिल्म टिमले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, अब हामी फिल्मलाई २०२२ को भ्यालेन्टाइनमा प्रदर्शन गर्नेछौं ।
आमिरसँगै फिल्ममा करिना कपुर र मोना सिंहको पनि प्रमुख भूमिका रहेको छ । यो फिल्म फरेस्ट गम्पुको बलिउड रिमेक हो । फरेस्ट गम्पुमा अभिनेता टम ह्यांक्सको अभिनय थियो ।
Post Views: 39