विराटनगर । कतारमा आयोजित स्नुकर प्रतियोगितामा सहभागिता जनाएर फर्किएका विराटनगरका अंकितमान श्रेष्ठलाई गृहनगर विराटनगरमा भव्य स्वागत गरिएको छ ।
श्रेष्ठ कतारमा हालै आयोजित ३६ औं एसियन स्नुकर च्याम्पियनसिपको टप १६ मा पुग्न सफल भएका थिएन । २०२१ मा जारी ३६ औं एसियन स्नुकर च्याम्पियनसिपको टप १६ मा पर्न सफल खेलाडी श्रेष्ठलाई फस्ट ब्रेक स्नुकर क्लबले सम्मान गरेको हो ।
सम्मानित श्रेष्ठलाई फस्ट ब्रेक स्नुकर, प्रदेश नम्बर एक विल्डर्स साथै स्नुकर प्रदेश नम्बर एक समितिलगायतका स्नुकर खेलाडीहरुले फूलमाला र खादा लगाइदिएर सम्मानपत्र समर्पण गरेका थिए । पहिलोपटक नेपालको प्रतिनिधित्व गर्दै विदेशमा गएर स्नुकर प्रतियोगितामा सहभागिता जनाउन पाउँदा एकदमै खुसी लागेको उनले बताए । उनले भने, “अन्य धेरै मुलुकका खेलाडीलाई पछि पार्दै उत्कृष्ट १६ मा पर्दा धेरै नै खुसी लागेको छ । यसले नेपालको प्रतिष्ठालाई समेत माथि उठाएको मैले महसुस गरेको छु ।”
सम्मान कार्यक्रममा स्नुकर प्रदेश एक समितिका अध्यक्ष नायरायण श्रेष्ठ, उपाध्यक्ष विजय श्रेष्ठ, सचिव निमेष बस्नेत, कोषाध्यक्ष हिमाल भट्टराईलगायतका स्नुकर खेलाडीहरुको सहभागिता थियो । सरकारीस्तरबाट स्नुकर खेललाई प्रोत्साहन नपुगेको अवस्थामा क्लबकै सहयोगमा खेलाडी अन्तर्राष्ट्रिय खेलमा पठाउनुपर्ने बाध्यतालाई सम्बन्धित निकायले ध्यान पुर्याउनुपर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिए ।