इटहरी : प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको उद्घाटन गरेका छन् । आगामी २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश छनौट गर्न तेक्वान्दो प्रतियोगिताको आयोजना गरिएको हो ।
खेलमा प्रदेश १ का १४ वटै जिल्लाका खेलाडीहरूको सहभागितामा मन्त्री राईले तेक्वान्दो प्रतियोगिताको उद्घाटन गरेका हुन् । झापाको भद्रपुरस्थित मेची रंगशालाको कभर्डहलमा भएको उद्घाटन खेलमा मन्त्री राईले खेलाडीको हौसला बढाउन प्रदेश सरकार लागि परेको बताए । तेक्वान्दो खेल आयोजकका संयोजक तथा जिल्ला खेलकुद विकास समिति उदयपुरका अध्यक्ष पर्वत दाहालको सभापतित्वमा भएको थियो । यस्ता झापाको मेची रंगशालामा खो खो खेलतर्फ पुरुष र महिलाको छनौट प्रतियोगिता समेत उद्घाटन गरिएको छ ।
Post Views: 0