इटहरीमा मादक पदार्थ सेवन गरी धम्की दिने कांग्रेसका वडा सभापति पक्राउ

इटहरीमा मादक पदार्थ सेवन गरी धम्की दिने कांग्रेसका वडा सभापति पक्राउ

 राष्ट्रिय डेली

इटहरी : इटहरीमा मादक पदार्थ सेवन गरेर धाकधम्की दिँदै हिड्ने कांग्रेसका वडा सभापतिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली कांग्रेस इटहरी वडा नं. १० का वडासभापति प्रकाश कोइराला (खेमराज) रहेका छन् । भदौ १५ गते राति करीब साढे १० बजे स्थानीय सोनम अधिकारीको घरमा गएर अश्लील शब्द प्रयोग गर्दै धम्की दिएपछि प्रहरीमा उजुरी परेको थियो ।

“२५ गते रातिको समयमा रक्सी खाएर म डन हुँ, डीएसपी र मेयर मेरो मान्छे छन् भन्दै घरमै आएर धम्की दिएपछि हामीले प्रहरीमा उजुरी दिएका थियौँ,” सोनमका छोरा सन्जोक अधिकारीले भने, “रातको समयमा घरमै आएर आमामाथि अश्लील शब्द प्रयोग गर्ने र कुटपिट गर्न खोजेपछि प्रहरीमा उजुरी गरेका हौं, कति दिन सहने?”

असह्य भएपछि २६ गते बिहान इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी गरेको उनले बताए । गत स्थानीय तहको निर्वाचनमा अधिकारी कांग्रेसबाट वडासदस्यमा उठेका थिए । सोही रिसिबी साँधेको हुनसक्ने उनको आशंका छ ।

“म गत स्थानीय निर्वाचनमा वडासदस्य उठेको थिएँ, वहाँ पार्टी सभापति भएकाले टिकट नपाएको रिस हुनसक्छ,” उनले भने, “वहाँले सबैलाई अन्डरमा राख्न खोज्ने र हामी पनि त्यही अन्डरमा बस्नुपर्छ भन्ने भएकाले धम्की दिएको हुनुपर्छ, यो असह्य हुन्छ ।”

प्रहरीमा उजुरी गरेपछि शनिबार कोइरालालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर भीमबहादुर खड्काले बताए ।

“निवेदन दिएपछि पक्राउ परेका र पीडित पक्षलाई बोलाएर छलफल गराउने तयारी भइरहेको छ,” खड्काले भने, “छलफल गर्दा मुद्दा दर्ता गर्ने किसिमको घटना भएको पाइए कारबाहीको प्रक्रिया अगाडि बढाउँछौं ।”

उनले दुवै पक्षलाई छलफलका लागि बोलाइएको प्रतिक्रिया दिए ।

adv-single
सम्बन्धित समाचार

मुख्यमन्त्री कार्की सवार जहाज विराटनगरबाट उडेको ६ घण्टापछि काठमाडौं अवतरण

विराटनगर । विराटनगरबाट काठमाडौंका लागि उडेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार यती एयरको जहाज ६ घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । विराटनगरबाट बिहीबार बिहान ७ः४५ बजे काठमाडौं उडेको ९एन एएमएन कलसाइनको जहाज...

झापामा हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् । शिवसताक्षी-११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा...

वर्षाका कारण रद्द भयाे नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेल

काठमाडौँ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द भएको छ । वर्षाका कारण दुवै टोलीबीचको खेल रद्द भएको हो । कीर्तिपुिरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि सुरू हुने भनिएको टी-२० शृङ्खलाअन्तर्गतको पहिलो खेल...

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीकाे प्राणान्त

काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४:४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन् । उनी आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहेकी थिइन् । नेपाल कलेज अफ म्यानेजमेन्टमा पढाउँदै आएकी पाठक बिहान ६...

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालले बोलाएपछि सभापति देउवा उनलाई भेट्न बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटवार्तामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई...

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

काठमाडौँ । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । विभागका मौसमविद्...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर...

इटहरी गोल्डकप : सगरमाथालाई हराउँदै आर्मी फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमिफाइनमा साविक विजेता सगरमाथा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय जागृति क्लबद्वारा आयोजित उक्त प्रतियोगिताअन्तर्गत बुधबार राति भएको खेलमा निर्धारित समयमा दुवै...

प्रधानमन्त्रीको निर्देशन- परम्परागत होइन, उत्पादन र रोजगारकेन्द्रित बजेटको तयारी गर्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित आर्थिक वर्ष २०८१/८२ को बजेटको...

मुगुमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

मुगु । गमगढीदेखि सोरू गाउँपालिकाको सोरूकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ भने चार जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२-००१ ज ००५९ नम्बरको सो जीप सोरू-६,...

सिनेमा साक्षरता अभियान लिएर देशदाैडाहामा ओस्कार कलेज, विराटनगरमा बिहीबार

विराटनगर । काठमाडौंको सुकेधारामा अवस्थित ओस्कार इन्टरनेशनल कलेजले नेपालका १० ठूला शहरमा सिनेमा साक्षरता अभियान चलाउने भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त यस कलेज विगत दुई दशकदेखि सिनेमा शिक्षा क्षेत्रमा निरन्तर योगदान गर्दै आएको स्नातक...

बिहीबारदेखि विराट गोल्डकप, उद्घाटनमा नेपाल पुलिस र भुटान भिड्ने

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण बिहीबारदेखि सुरू हुँदै छ । प्रतियोगिताका लागि आवश्यक सबै तयारी पूरा भएको आयोजक विराट गोल्डकप फुटबल ट्रष्टले जनाएको छ । विगत वर्षहरूमा ट्रष्टले संयोजक राखेर गर्दै आएको...