कटवाल दिपक
विराटनगर । राजस्व अनुसन्धान कार्यालय र प्रहरीले भन्सार छली गरेका सामाग्री सहितका मालबाहक सवारीसाधन प्रक्राउ गर्ने क्रम बढ्दो रुपमा रहेको छ । विराटनगरको बुधनगरमा रहेको आइसिपी भान्सार कार्यालयबाट ठुलो परीणामको मालबाहक सवारी साधनहरु दैनिक जसो प्रहरीले पक्राउ गर्दा भन्सारका कर्मचारी र उच्च पदाधिकारीहरुको मिलेमतोमा तस्करी हुने गरेको पाइएको छ ।
भन्सार कार्यालयको परीसरमा छिरीसकेको मालबहाक सवारीसाधनहरु प्रज्ञापनपत्र बिनाका मालबाहक सवारीसाधनहरु पक्राउ पर्नुले भन्सारका कर्मचारी र भन्सार एजेन्टसंग ठुलै आर्थीक रकमको सेटिङ रहेको प्रमाणित गर्छ । विराटनगर भन्सार कार्यालयको पछिल्लो अवस्था हेर्ने हो भने दिएको लक्ष्य पुरा गर्न नसक्नु पनी भन्सार बाट हुने ठुला तस्करीकै परीणाम हो ।
केहिदिन यता विराटनगर महानगरपालिका १२ स्थित रोडशेष चौकबाट सामान सहित ट्रयाक्टर प्रहरीले परामद गरेको थियो । आइतबार दिउसो करिब ३ः५० बजे विराटनगर महानगरपालिका १२ स्थित रोडशेष चौकमा भारतबाट नेपालतर्फ आउदै गरेको बी. आर ३८ बी २३७८ नम्बरको ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जहदा गाउँपालिका–१ बस्ने ट्रयाक्टर चालक बर्ष १९ को रमेश यादवले राजश्व चुहावट गरी लत्ताकपडा लगायतका ट्रयाक्टर सहित अन्दाजी रू ४० लाखको सामान ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । त्यस्तै विराटनगर महानगरपालिका–१२ रोडशेष चौकबाटै प्रहरीले न्यूनतम मुल्याङकन गरी आयात गरिएका बिभिन्न सामग्रीहरु बरामद गरेको थियो ।
बुधबार अपरान्ह जिल्ला प्रहरी कार्यालय मोरङबाट बिशेष सुचनाको आधारमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बी .आर ३८ ई ७४२५ नम्वरको ट्रयाक्टरलाई रोकी चेक जाँच गर्ने क्रममा पानी तताउने गिजर, फुड्स सप्लिमेन्ट लगायतका सामग्रीहरु न्यूनतम मुल्याङकन गरी आयात गरिएको अवस्थामा बरामद गरेको हो ।
बरामद गरिएको करिव २१ लाख मुल्य बरावरको सामग्री र ट्रयाक्टर सहित चालक भारत जोगवनीका रोशन यादवलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाईएको थियो । यसरी हुने तस्करीलाई हेर्ने हो भने भन्सार कर्मचारीको ठाडो मिलेमतो देखिन्छ । प्रहरीले मात्र हैन विराटनगर भन्सार कार्यालयलाई अन्तरीक राजश्व कार्यालय इटहरीले पनी निगरानीमा राखेको देखिन्छ । यसरी हुने तस्करी प्रतिनिधि घटना मात्र हुन तर कुन निकायकोको संग मिलेमतो छ भन्ने बिषयमा सबै निकाय मौन छन् । हाल सम्म कुनैपनी भन्सार एजेन्टलाई यो आर्थीक बर्ष मा कारबाहि भएको छैन भने कुनैपनी भन्सार कार्यालयका कर्मचारी समेत कारबाहिमा परेको देखिएको छैन ।
तस्करिमा भन्सारका कर्मचारी मात्र नभएर केन्द्रिय स्तरका नेता समेत संलग्न रहेको चर्चा हुने गरेको छ । खुल्ला सिमा नाकाका कारण तस्करिमा प्रहरिहरुकै मिलेमतो समेत देखिएको छ । पैसा लेनदेनमा कुरा नमिल्दा मात्र प्रहरि र ससस्त्र प्रहरिहरुले अवैध समान नियन्त्रणमा लिने गरेका छन , पैसा लेनदेनमा कुरा मिले प्रहरिहरुले नै तस्करि गराउँदै आइरहेका छन् ।
क्रमस….