लैंगिक हिंसा न्यूनीकरण गर्न घरदैलो अभियान सञ्चालन गर्नुपर्नेमा जोड

लैंगिक हिंसा न्यूनीकरण गर्न घरदैलो अभियान सञ्चालन गर्नुपर्नेमा जोड

 राष्ट्रिय डेली

 

विराटनगर ÷ लैंगिक हिंसा कम गर्न घरदैलो अभियान सञ्चालन गर्नुपर्नेमा विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
विराटनगरमा विभिन्न वडामा सञ्चालित लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाका विषयमा छलफल गर्न आयोजित कार्यक्रमका वक्ताहरुले लैंगिक हिंसा बढ्दो क्रममा रहेकाले घरदैलो अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् । विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले लैंगिक हिंसा प्रभावितहरुका लागि महानगरले लैंगिक हिंसा निवारण कोष स्थापना गरेको सुनाइन् । उनले कोष सञ्चालनका लागि कार्यविधिसमेत निर्माण भइसकेको जानकारी दिइन् । कार्यबाहक मेयर कार्कीले महानगरका सबै वडामा लैंगिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

“लैंगिक हिंसा कमगर्न महानगरका सबै वडामा अझै मेहनत र खर्च गरेर भए पनि जानुपर्छ,” उनले भनिन्, “विगतमा भन्दा थप प्रभावकारी र अलि फराकिलो तरिकाले काम गर्नुपर्छ ।”
युएनएफपीए, आइपास, एवीसी नेपालसँगको सहकार्यमा महानगरले विराटनगरका ५ वटा वडामा लैंगिक हिंसाका क्षेत्रमा काम गर्दै आएको छ । युएनएफपीएसँगको सहकार्यमा विराटनगर १, ६, १२, १४ र १५ नम्बर वडामा लैंगिक हिंसाको क्षेत्रमा महानगरले काम गर्दै आएको महानगरको महिला तथा बालबालिका शाखाका प्रमुख डिल्ली धिमालले जानकारी दिए । युएनएफपीएकी कार्यक्रम संयोजक कृति थापाले प्रदेश–१ मा मोरङ, उदयपुर र ओखलढुंगाका ९ वटा स्थानीय तहमा काम गर्दै आएको जानकारी दिइन् । सो अवसरमा एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मा, कोकनकी प्रमुख मञ्जिता उपाध्याय, आइपासका महेन्द्र महतोले लैंगिक हिंसाका क्षेत्रमा आफ्नो संस्थाले गरिरहेका कामका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

महानगरका निमित्त प्रमुख दुर्गाप्रसाद खतिवडा, स्वास्थ्य महाशाखा प्रमुख डा. विशालकुमार देव, अधिवक्ता कोशराज न्यौपाने, कोशी अस्पतालकी कृति गुप्तालगायतले लैंगिक हिंसा न्यूनीकरणमा सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।

adv-single
सम्बन्धित समाचार

विराटनगर विद्यालय नाटक महोत्सव, पूर्वाञ्चल स्कुलको ‘स्वाद’ प्रथम

  विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको विद्यालय नाटक महोत्सव २०८० पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको ‘स्वाद’ नाटक प्रथम भएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा सम्पन्न भएको महोत्सवमा बाल मनोविज्ञान, सामाजिक विकृति,...

सोम्स कलेजमा तिज विशेष कार्यक्रम

  विराटनगर । विराटनगर–९ मा अवस्थित सोम्स कलेजले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । आइतबार कलेजमा एक कार्यक्रमको आयोजना गरि सोम्सले तिज विशेष कार्यक्रम सम्पन्न गरेको हो । तिज विशेष कार्यक्रमको अवसरमा विद्यार्थीहरूले विभिन्न...

श्रीलङ्कालाई १० विकेटले हराउँदै भारतले जित्यो एसिया कपको उपाधि

विराटनगर । श्रीलङ्कालाई हराउँदै भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । कोलम्बोमा भएको फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठौँ पटक एसिया कपको विजेता बनेको हो । श्रीलङ्काले दिएको ५१ रनको झिनो लक्ष्य...

‘आमा’ मञ्चनसँगै सकियो विद्यालय नाटक महोत्सव

विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको विद्यालय नाटक महोत्सव २०८० सकिएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा महोत्सवको १० औँ तथा अन्तिम दिन आइतबार कान्तिपुर माध्यमिक विद्यालयले नाटक ‘आमा’ मञ्चन गर्यो । जस्तोसुकै...

चिनी आयातमा भन्सार छुट दिन संसदीय समितिको निर्देशन

काठमाडौं । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी आयातमा कर तथा भन्सार छुटको सहमति प्रदान गरिदिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले चाडपर्वमा चिनीको अभाव हुन नदिन...

५ वर्षमा बेचबिखनमा परेका १ हजार ६ सय जनाको उद्धार

काठमाडौं । पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका एक हजार छ सय ७९ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोका अनुसार आर्थिक वर्ष २०७५र७६ देखि आव २०७९र८० सम्ममा बेचबिखनमा...

सेयर बजारमा ४२ अङ्कको गिरावट

काठमाडौं । हप्ताको पहिलो दिन सेयर बजार घटेर राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से आज आइतवार ४२ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ विन्दुमा झरेको छ । आज...

खनिज इन्धन प्रयोगको अन्त्य गर्नुपर्ने माग गर्दै विराटनगरमा जलबायु जनमार्च

विराटनगर । खनिज इन्धन प्रयोगको अन्त्य गर्नुपर्ने माग गर्दै विराटनगरमा युवाहरूले जलबायु जनमार्च गरेका छन् । शनिबार राति विराटनगरको हिमालय रोडदेखि महानगरपालिकाको कार्यालयसम्म युवाहरूले जलवायु मार्च गरेका हुन् । युवाहरूले खनिज इन्धनको अन्त्यको माग गरिएका...

विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

इनरुवा । विश्वकर्मा पूजा आउन तीन दिनमात्र बाँकी रहेका बेलामा विश्वकर्माको मूर्ति बनाउन कलाकारलाई भ्याइनभ्याइ भएको छ । कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ हुनाका साथै मूर्ति किन्नेको भिड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले...

मोडन एरा स्कुलको मी कन्टेष्ट सम्पन्न

  विराटनगर । विराटनगरस्थित मोर्डन–एरा इङ्लिस स्कुलले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले मी कन्टेष्ट–२०८० सञ्चालन गरेको छ । मी कन्टेष्टअन्तर्गत नाटक, कविता, हिज्जे र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयले आज नाटक मञ्चनसँगै कविता...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पूर्णबहादुर खड्कालाई

काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।...

एक महिने गुँला पर्व सम्पन्न

काठमाडौं । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सम्पन्न भएको छ । विशेष गरी बौद्ध समुदायले मनाउने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध...