सत्ता र शक्तिको आडमा कटहरीका पूर्वप्रमुखद्वारा जग्गा कब्जा

सत्ता र शक्तिको आडमा कटहरीका पूर्वप्रमुखद्वारा जग्गा कब्जा

 राष्ट्रिय डेली

 

 

विराटनगर । मोरङको कटहरी गाउँपालिकाका पूर्वप्रमुख रामकुमार कामतले रामवती राजवंशीको नामको जग्गा कब्जा गरेका छन् । रामवती राजवंशी १२ लाख कामत बाट ऋण लिएकि थिइन् तर कामतले दुई करोडको जग्गा कब्जा गरेका छन् ।

कामतले कटहरी–४ जुडीघाटकी ५१ वर्षीया रामवती राजवंशीलाई १२ लाख रुपैयाँ ऋण दिएको र धितो भनेर झुक्याएर दुई करोड पर्ने आठ कठ्ठा जग्गा हडपेको पीडित पक्षले बताएको छ । कटहरि –३ मा रहेको जग्गा कामतले आफ्नो नाममा पारेको भन्दै उनीविरुद्ध मुद्दा हाले पनि सुनुवाइ हुन नसकेको रावजंशीको बताइन ।

उनले गत वर्ष मंसिर १५ गते जिल्ला प्रहरी कार्यालय मोरङमा आफू अन्यायमा परेको भन्दै जाहेरी दिएको बताइन् । तर जग्गाको विवादमा मोरङ प्रहरीले जाहेरी लिन नमानेपछि उनले त्यही वर्ष माघमा प्रदेश १ प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

रामवतीले आफूलाई लागेको ऋण तिर्ने विषयमा सहयोगको अपिल गर्दै कामतलाई समेत गुहारेकी थिइन् । रामवतीले अगाडि नै ऋणकै लागि अरू–अरूको नाममा राजीनामा दिएको जग्गा विश्वासका साथ गाउँपालिका अध्यक्ष कामतलाई जग्गा ऋण चुक्त्ता नहुनजेलका लागि नामसारी गरिदिइन् ।

अरूको ऋण तिर्नका लागि राजीनामा दिएर कामतको नाममा जग्गा पास गरिदिएको उनले बताइन् । ऋण लिएको पैसाको ब्याज समेत बुझाउँदै आएकी उनले सावाँ–ब्याज चुक्ता गरिसकेकी छन् । सुरुमा कामतले ऋण तिर्न सहयोग गर्छु धितोको रूपमा मेरो नाममा जग्गा सारिदेऊ भने पछि जग्गा हडपेको उनको भनाई छ ।

उनले घर निर्माण गर्नका लागि पैसाको आवश्यकता परेपछि आफ्नो पाँच कठ्ठा जग्गा विराटनगर–७ की डम्बरकुमारी दाहालसँग आठ लाख रुपैयाँ ऋण लिएकी थिइन् । राजीनामा कागजबाट धितोधरौटीवापत सय कडा तीन रुपैयाँ ब्याज बुझाउने सर्तमा उनले आठ लाख रुपैयाँ ऋण लिएकी थिइन् ।
डम्बरकुमारीलाई सावाँ–ब्याज चुक्ता गर्नका लागि रामवतीले पुनः जग्गा धरौटीमा राखेर कामतसँग चार लाख रुपैयाँ लिएकी थिइन् । त्यसबेला सयकडा तीन रुपैयाँका दरले तिर्नेगरी ऋण लिएकी रामवतीले ब्याज बुझाउँदै आएकी थिइन् ।

 

फेरि रामकुमारलाई तिर्नका लागि रामवतीले तीन कठ्ठा जगा धितो राखेर कटहरी–६ की ललितादेवी यादवसँग चार लाख रुपैयाँ ऋिण लिएकी थिइन् । ललिताले आफ्नो पैसा मागेपछि रामवतीले सोही जग्गा सन्तोषकुमार मण्डललाई धरौटीमा राखेर चार लाख लिएर राजीनामा कागज गरिदिएकी थिइन् ।

कागज गरेको केही दिनमै मण्डलले पैसा फिर्ता गरिन् । सबैतिरबाट आफूले धरौटीमा राखेको जग्गा कामतलाई दिई उनले दुई पटक गरी नौ लाख रुपैयाँ लिएकी थिइन् ।

समयानुसार नै ब्याज बुझाउँदै आएकी रामवतीले कामतसँगका ऋण चुक्ता गर्न १२ लाख रुपैयाँ लिएर उनको घर पुगिन् । तर कामतले जग्गा फिर्ता गर्दिन भन्दै धम्की दिएका थिए ।

अहिलेसम्म रामवती आफ्नो जग्गाको कागजात लिएर न्यायालय धाइरहेकी छन् । तर अहिले सम्म न्याय पाउन नसकेको उनले सुनाइन् । उनको जग्गा भने कामतले उपभोग गर्दै आएका छन् ।

‘ १२ लाख रुपैयाँ तिर्न बाँकि छ,’ उनी भन्छिन्, ‘तर मेरो करिब दुई करोड मोल पर्ने जग्गा उहाँले उपभोग गरिहनु भएको छ । मैले उहाँहरूसँग लिएको पैसा चलाउन पाइनँ। एक–अर्कालाई दिएर व्यवहार चलाउँदै सकियो । जग्गा पनि जालझेल गरेर कामतले हडपे ।’

रामवतीले श्रीमान् कृष्णप्रसाद राजवंशीले मुद्दामामिला हुनुअघि जहदास्थित गुठी क्याम्पसनजिक चिया–नास्ता पसल गर्दै आएका थिए । दुई छोरा र एक छोरी पढाउनका लागि चिया–नास्ता पसलबाहेक आठ कठ्ठामा खेती गर्दै आएका थिए । अहिले जग्गा अरूले कब्जा गरेपछि सुकुम्बासी भएको रामवती बताउँछिन् ।

यता, पूर्वप्रमुख कामतले भने आफूले रकम हालेर जग्गा किनेको बताए । विराटनगर–७ की डम्बरकुमारी दाहाल र सन्तोषकुमार मण्डलसँग जग्गा किनेको बताए ।
सन्तोषसँग पाँच कठ्ठा र डम्बरकुमारीसँग तीन गरी आठ कठ्ठा किनेको उनको भनाइ छ । सो जमिनमा उनले धान खेती गर्दै आएका छन् ।

adv-single
सम्बन्धित समाचार

एएफसी एसियन कप छनोटमा आज नेपाल र भियतनाम भिड्दै

  विराटनगर । एएफसी १७ वर्षमुनीको एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज भियतनामसँग भिड्दै छ । नेपाल र आयोजक भियतनामसँगको खेल बेलुका पौने ६ बजे फु थोमा रहेको भियत त्रि मैदानमा सुरु हुनेछ ।...

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमानसहित तीन घाइते

  उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ मा मोटरसाइकल र अटो एकआपसमा ठोक्किदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान सहित तिन घाइते भएका छन् । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार स १ ह...

उम्मेदवार हुन यस्तो छ निर्वाचनमा उम्मेदवार बन्ने योग्यता

  विराटनगर । आगामी ४ मसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक पदबाहेक कुनै सरकारी कोषबाट आर्थिक लाभ लिएका व्यक्ति उम्मेदवार बन्न नपाउने भएका छन् । आयोगले असोज २३ गते आइतबारका लागि मनोनयन दर्ताको मिति...

मोरङका ६ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

  विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित ६ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित ६ वटै...

सोमबार ज्योतीले तताउँने भइन् विराट राजवंशी महत्सोव मेला

विराटनगर । विराटनगरका हाटखोल मैदान जारी दोस्रो विराट राजवंशी महत्सोव मेलामा सोमबार उतेजित साईरीबाट आफ्नो प्रस्तुती गर्न लोक गायिका ज्योती मगरले आउँने भएकी छिन् ।   असोज १० गते सञ्चानल मेलामा गायिका मगरले विराटनगरमा युव...

अनेरास्ववियु महानगर कमिटीद्वारा जेष्ठ नागरिकलाई सम्मान

विराटनगर ।अनेरास्ववियु महानगर कमिटी विराटनगरले जेष्ठ नागरिकहरूलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसमा विराटनगरका ३ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो । विजया दशमी, शुभ दिपावली र छैठ पर्वको शुभकामना आदानप्रदानसँगै जेष्ठ नागरिकलाई...

विराट मोडेल कलेज नयाँ व्यवस्थापनबाट सञ्चालन

विराटनगर । विराटनगर–९ कलेज रोडमा रहेको विराट मोडेल कलेज नयाँ व्यवस्थापनबाट सञ्चालन भएको छ । विराटनगरमा विभिन्न शैक्षिक संस्थाहरुमा आवद्ध रहेका ११ जनाले विराट मोडेल कलेज लिएका हुन् । नयाँ व्यवस्थानले केही समय अगाडी कलेज...

विराटनगरमा नवीकरणीय र्र्याली तथा ऊर्जा प्रदर्शनी हुँदै

  विराटनगर। विराटनगरमा नवीकरणीय र्र्याली तथा ऊर्जा प्रदर्शनी हुने भएको छ । असोज १५ गते शनिबार बिहान ६ देखि ८ बजेसम्म नवीकरणीय र्र्याली हुने भएको हो । न्यून कार्बन विकासको अवधारणा र वातावरणमा भईरहेको ह्रास...

पत्रकार पोखरेल सम्मानीत

विराटनगर । लिवर्टी नेपालले प्रेस युनियन मोरंङका सचिव तथा पत्रकार महासंघ मोरंङका जिल्ला सदस्य गोपाल पोखरेल लगायतलाई सम्मान गरेको छ । लिवर्टीको सातौ साधारणसभा तथा दशैँको सुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथी मोरंङका प्रमुख जिल्ला अधिकारी...

मेयर कोइरालाद्वारा माछा–मासु पसलको अनुगमनमा, खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको फेला

विराटनगर ÷ महानगरले सञ्चालनमा ल्याएको हर्टलाइन सेवा (टोल फ्रि नम्बर) मा आएका गुनासोलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विराटनगर महानगरका मेयर नागेश कोइराला ६ बजे नै माछा–मासु पसलको अनुगमनमा निस्किएका छन् । अनुगमनका क्रममा विभिन्न मासु...

दुवै मिर्गौला फेल भएका राजुको लागि सहयोगको अपिल

विराटनगर । झापा गौरादह–६ जुरोपानीका २६ वर्षीय राजु खत्रीको दुबै मिर्गौला फेल भएपछि परिवारले सहयोगको अपिल गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै उनको परिवारले सहयोगको अपिल गरेको हो ।...

सोम्स कलेजमा दशै विशेष कार्यक्रम सम्पन

  विराटनगर । विराटनगर ९ मा अवस्थित विविएस र एसिसिए  अध्यापन गराउने सोम्स कलेजले दशै विशेष कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । कलेजमा एक कार्यक्रमको आयोजना गरि दशै विशेष कार्यक्रम सम्पन्न गरेको हो । विद्यार्थीहरुलाइ...