प्रज्ञा प्रतिष्ठान ऐन विरुध्द स्रष्टाहरू

प्रज्ञा प्रतिष्ठान ऐन विरुध्द स्रष्टाहरू

 राष्ट्रिय डेली

 

विराटनगर । प्रदेश १ सरकारले गठन गरेको प्रज्ञा प्रतिष्ठान ऐन २०७९ प्रति स्रष्टाहरू बिरोधमा उत्रिएका छन् । भाषा, साहित्य, कला संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकास गर्न भन्दै ल्याइएको ऐन प्रति स्रष्टाहरूले विरोध जनाएका हुन ।

ऐन संसोधन हुनुपर्ने माग राख्दै प्रदेश १ का स्रष्टाहरू एकबद्द भएका छन् । शंसोधन नभएमा चरणबद्द आन्दोलनमा उत्रीने समेत उनीहरूले चेतावनी दिएका छन् । बुधबार हिमालय दर्शन कलेजमा पत्रकार सम्मेलन गर्दै स्रष्टाहरूले प्रदेश प्रज्ञा प्रतिष्ठान स्रष्टाको भावना विपरितको भएको बताए ।

प्राज्ञ डा। टंक न्यौपानेले सरकार परिवर्तन भएपछि अलग्गै ढङ्गबाट काम भएको बताए । उनले भने, ‘हामीले सामाजिक विकास मन्त्रालयमा प्रतिवेदनका साथमा विधेयकको ड्राफ पनि दिएका थियौँ । पछि मन्त्रालय टुक्रियो । प्रज्ञा प्रतिष्ठान गठनको जिम्मा पर्यटन तथा संस्कृति मन्त्रालयमा गयो । मन्त्रालयले हामीले दिएको प्रतिवेदन पनि नहेरी गठन गर्यो ।’

मुख्यमन्त्री, मन्त्रीले संरक्षकको भूमिका निर्वाह गर्नुपर्नेमा आफैँ कुलपति, सह–कुलपति, उपकुलपति र अन्य पद ओगटेर प्रतिष्ठान राजनीति नियुत्तीको भर्ती केन्द्र बनाउन खोजिएको उनीहरूको भनाइ छ ।

अहिको प्रज्ञा प्रतिष्ठान ऐनले प्राज्ञिक क्षेत्रको अपमान गरेको न्यौपाने बताउँछन् । उनले भने, ‘हामीले शैक्षिक योग्यता, उमेरको हदबन्दी तोकिएको थिएन । तर अहिले उमेरको हदबन्दी, शैक्षिक योग्यता तोकिएको छ । यो ऐन सरासर गलत छ । गलत मनसायबाट आएको छ । कार्यकर्ता भर्ती केन्द्र बनाउन खोजिएको छ । यो संसोधन हुनुपर्छ । नभए हामीलाई मान्य हुने छैन ।’

प्रज्ञा प्रतिष्ठान गठनको प्रक्रिया प्रदेश १ ले पहिला सुरु गरेपनि अरुभन्दा पछि परेको उनको भनाइ छ । ऐन संशोधन नभएसम्म आफुहरू प्रतिष्ठानको केही नबन्ने उनले बताए ।

प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठानमा ल्याएको ऐनले पञ्चायती व्यवस्थाको झल्को दिएको प्राज्ञ खेम नेपालीले बताए । उनले राजनितीक व्यक्ति आफुखुसी घुसेर भाषा, कला, साहित्यलाई पछि पारेको बताए ।

प्राज्ञ गंगा सुवेदीले सरकारले ल्याएको यो ऐनको खुलेर विरोध गर्नुपर्ने बताउँदै राजनीति हावी हुन नदिन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताइन् ।

प्राज्ञ विवश पोखरेलले पञ्चायती शैली पनि यति क्रुर नभएको बताए । उनले भने, ‘प्रदेश सरकारले ल्याएको ऐनले भाषा, साहित्य, कलाका लागि लडेका स्रष्टाहरूको अपमान गरेको छ । यो त पञ्चायती शासन भन्दा पनि क्रुर भयो ।’

वर्षौँदेखि भाषा, कला, साहित्यका क्षेत्रको उत्थानका लागि लागिपरेको बताउँदै उनले ऐन शसंोधन गराएरै छाड्ने बताए । कुनै साहित्यकार लोभमा परेर ऐनलाई समर्थन गरेर जान्छ उसलाई बहिस्कार गर्ने चेतावनी समेत उनीहरूले दिएका छन् ।

adv-single
सम्बन्धित समाचार

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

विराटनगर । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । इटहरी रङ्गशालामा बिहीबार राति भएको...

मौसम बदली भोलिसम्मै, आइतबारदेखि सुधार हुने

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा...

विराट गोल्डकपमा भुटानको विजयी सुरूआत, आज आर्मी र एनआरटी खेल्दै

विराटनगर । विराट गोल्डकप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्गशालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको उद्घाटन खेलमा भुटानको आरटीएफसी टिम विजयी भएको छ । आरटीएफसी भुटानले नेपाल पुलिस क्लबलाई ३-० गोलले पराजित गरेको...

एमडीएमएस खरिदमा भ्रष्टाचार : करिब ९२ करोड बिगो दाबीसहित १९ जनाविरूद्ध मुद्दा

विराटनगर । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) परामर्श सेवा खरिदमा अनियमितता भएको भन्दै १९ जना व्यक्ति र २ वटा कम्पनीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १९...

सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ६५ करोड रूपैयाँमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

विराटनगर । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामापत्र बुझाएकी हुन् । नेकपा (माओवादी केन्द्र) बाट दाहाल गत फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका...

मुख्यमन्त्री कार्की सवार जहाज विराटनगरबाट उडेको ६ घण्टापछि काठमाडौं अवतरण

विराटनगर । विराटनगरबाट काठमाडौंका लागि उडेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार यती एयरको जहाज ६ घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । विराटनगरबाट बिहीबार बिहान ७ः४५ बजे काठमाडौं उडेको ९एन एएमएन कलसाइनको जहाज...

झापामा हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् । शिवसताक्षी-११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा...

वर्षाका कारण रद्द भयाे नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेल

काठमाडौँ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द भएको छ । वर्षाका कारण दुवै टोलीबीचको खेल रद्द भएको हो । कीर्तिपुिरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि सुरू हुने भनिएको टी-२० शृङ्खलाअन्तर्गतको पहिलो खेल...

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीकाे प्राणान्त

काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४:४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन् । उनी आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहेकी थिइन् । नेपाल कलेज अफ म्यानेजमेन्टमा पढाउँदै आएकी पाठक बिहान ६...

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालले बोलाएपछि सभापति देउवा उनलाई भेट्न बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटवार्तामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई...

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

काठमाडौँ । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । विभागका मौसमविद्...