भैरहवामा नयाँ पेट्रोलियम भण्डारण व्यवस्थापनको काम अन्तिम चरणमा

भैरहवामा नयाँ पेट्रोलियम भण्डारण व्यवस्थापनको काम अन्तिम चरणमा

 राष्ट्रिय डेली

 

विराटनगर । रुपन्देहीको भैरहवामा नयाँ पेट्रोलियम भण्डारण गृह निर्माणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगमले रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा करिब १४ बिघा जग्गामा लुम्बिनी प्रदेशस्तरीय इन्धन भण्डारण डिपो निर्माणको तयारी गरिरहेको छ ।

पहिलो चरणमा जग्गा व्यवस्थापन र दोस्रो चरणमा भण्डारण ट्याङ्क निर्माण गरिने परियोजना संयोजक इन्जिनियर प्रदीप यादवले जानकारी दिए । पहिलो चरणअन्तर्गत जग्गाको पश्चिमी र उत्तरी क्षेत्रमा रोहिणी खोलामा आउने बाढीबाट हुनसक्ने क्षति रोक्न ‘ग्याबिन’ र ‘रिटेनिङ’ पर्खाल लगाउने काम ८० प्रतिशत सम्पन्न भएका छन् ।

निगमले तीनवटा ठेकेदारमार्फत गत जेठ १८ गतेदेखि भण्डारण गृहको जग्गा व्यवस्थापनका काम गरिरहेको छ । भण्डारण गृह निर्माणस्थलमा पर्खाल लगाउने र जमिन सम्याउने कार्य गत असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि लगातारको वर्षा र रोहिणी खोलमा आएको बाढीले केही समय ढिला भएको निगमको भनाइ छ ।

“बर्खायाममा रोहिणी खोलामा पानीको सतह बढेको तथा ढुङगाको सहज उपलब्धता नहुँदा पहिलो प्याकेजमा केही ढिलाइ भएको हो”, साइट इन्जिनियर अङ्कित रिमालले भने, “अन्य प्याकेजका काम अन्तिम चरणमा छन्, अबको एक महिनाभित्र पहिलो चरणका सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।”

रोहिणी खोलाको समानान्तर छ मिटर अग्लो छ सय २० मिटर ग्याविन र जग्गाको उत्तरतर्फ चार दशमलव दुई मिटर अग्लो एक सय ५० मिटर लामो रिटेनिङ पर्खाल लगाइएको छ । भण्डारणस्थल प्रस्तावित जग्गालाई रोहिणी खोलामा आउने बाढीबाट सुरक्षित बनाउन परियोजनास्थलभन्दा माथि करिब एक सय ८० मिटर अर्को ग्याबिन पर्खालसमेत लगाइएको छ । रोहिणी खोलामा पछिल्लो ५० वर्षमा आएको बाढीको अवस्थालाई आकलन गरेर तटबन्ध निर्माण गरिएको निगमले जनाएको छ ।

ग्याविन पर्खालका लागि छ र जग्गा पुर्नका लागि एक गरी सात वटा प्याकेजमा विभाजन गरेर ठेक्का लगाइएको थियो । सात वटा प्याकेज आठ करोडमा ठेक्का लागेको थियो । प्याकेज नं ७ अन्तर्गत जग्गा पुर्ने तथा सम्याउने कार्य लगभग सम्पन्न भएको छ ।

प्याकेज नं ४, ५ र ६ मा ग्याबिन पर्खाल लगाउने काम सम्पन्न भइसकेका छन् । प्याजेक नं ३ अन्तर्गत करिब ७० प्रतिशत काम सकिएको छ । काठमाडौँस्थित शुभश्री सर्वश्री जेभीले पहिलो र दोस्रो, वीरगन्जस्थित उज्यालो निर्माण सेवाले तेस्रो तथा प्रिजन कन्ट्रक्सनले बाँकी चार वटा प्याकेजमा काम गरिरहेको छ ।

अबको एक महिनाभित्र जग्गाको सुरक्षाका लागि पर्खाल लगाउने र सम्याउने काम सम्पन्न गरी ‘कम्पाउण्ड’ निर्माणको काम थालिने इन्जिनियर रिमालको भनाइ छ । रुपन्देहीको भलबारी डिपोको भण्डारण क्षमता न्यून तथा घनाबस्ती नजिक रहेकाले परासी–भैरहवा सडक खण्डमा खरिद गरिएको करिब १४ बिघा जग्गामा नयाँ भण्डारण गृह निर्माण गर्न लागिएको निगमले जनाएको छ ।

उक्त भण्डारण निर्माण भएसँगै लुम्बिनी प्रदेशका लागि पेट्रोलियम पदार्थको आपूर्तिमा सहज हुने अपेक्षा गरिएको छ । सो भण्डारणले लुम्बिनी प्रदेशको २० दिनको माग धान्नेछ । निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा नयाँ भण्डारण गृह निर्माण तथा क्षमता विस्तार गर्दै आइरहेको छ ।

adv-single
सम्बन्धित समाचार

मकवानपुरमा ६०० भन्दा बढी उद्योग बन्द

बागमती : आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा  ६१० वटा उद्योग बन्द भएका छन्।   मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०/८१ मा उद्योगतर्फ २६८ र वाणिज्यतर्फका ३३६ उद्योगले लगत कट्टा गराएका छन्।...

उदयपुरमा आमा छोराको हत्या

  उदयपुर । उदयपुरको कटारी नगरपालिका– १० मा आमा छोराको हत्या भएको अवस्थामा शव फेला परेको छ । १० नम्बर वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी निर्मला थापा र उनका छोरा ६ वर्षीय आरुस...

सुनको मूल्य स्थिर चाँदीको बढ्यो

  विराटनगर । स्थानीय बजारमा बिहीबार पहेलो धातुको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य स्थिर रहेको हो । बुधबार तोलामा १ लाख ५२ हजारमा कारोबार भएको सुन बिहीबार...

नेपाल घर जग्गा व्यवसायी संध मोरङको अध्यक्षमा रायमाझी

  नेपाल घर जग्गा व्यवसायी संध मोरङको अध्यक्षमा कर्ण बहादुर रायमाझी निर्वाचित भएका छन् । नेपाल घर जग्गा व्यवसायी संध मोरङको ५ औ अधिवेषनबाट रायमाझी सर्व सम्मत चयन भएका हुन् । त्यसैगरी वरिष्ट उपाध्यक्षमा भरतराज...

बालबालिकालाई काममा लगाउने उद्योगलाई कारबाही

  विराटनगर। बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने ३५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ । आर्थिक वर्ष २०८०र८१ मा ९५ उद्योग प्रतिष्ठान गरिएको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकका रूपमा काममा...

सुनचाँदीको मूल्य स्थीर

विराटनगर । स्थानीय बजारमा साताको मंगलबार पहेलो धातुको मूल्य स्थीर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य स्थीर रहेको हो । सोमबार तोलामा १ लाख ५२ हजारमा कारोबार भएको सुन मंगलबार...

शेयर बजारमा उच्च अंकले वृद्धि

विराटनगर । निरन्तर घटेको शेयर बजार सोमबार उच्च अंकले बढेको छ । सोमबार शेयर बजार १२७.३२ अंकले बढेर २,८२३ को विन्दुमा कायम भएको छ । यसदिन २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको...

नक्कली नोट बनाउने गिरोहका आठ जना पक्राउ

विराटनगर । प्रहरीले नक्कली नोट बनाउने कार्यमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । सर्लाहीको सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१२, मधुबनी गाउमा सिँचाइका लागि बोरिङ राख्न बनाइएको खाली घरभित्र नक्कली नोट बनाउने कार्य भइरहेको भन्ने गोप्य सूचनाका...

सुनको मूल्यमा सामान्य गिरावट

  विराटनगर । स्थानीय बजारमा साताको सोमबार पहेलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ३ सयले घटेको हो । आइतबार तोलामा १ लाख ५२ हजार ३...

भैरहवामा नयाँ पेट्रोलियम भण्डारण व्यवस्थापनको काम अन्तिम चरणमा

  विराटनगर । रुपन्देहीको भैरहवामा नयाँ पेट्रोलियम भण्डारण गृह निर्माणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगमले रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा करिब १४ बिघा...

वर्षमा तीन जनासम्म अर्थमन्त्री फेरिने परिपाटी अब रोकिन्छ: अर्थमन्त्री पौडेल

विराटनगर । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्षमा तीन जनासम्म अर्थमन्त्री फेरिने परिपाटी अब रोकिने दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनको २६ औं वार्षिक साधारणसभालाई बोल्दै उनले वर्तमान सरकार स्थायित्वका लागि गठन भएकाले...

बागमती प्रदेशमा सबैभन्दा बढी वैदेशिक लगानी

विराटनगर। प्रदेशगत रूपमा सबैभन्दा बढी वैदेशिक लगानी बागमती प्रदेशमा भएको छ । नेपाल राष्ट्र बैंकको वैदेशिक लगानी सम्बन्धी सार्वजनिक विविरणअनुसार अनुसार कुल लगानीको ५९.७ प्रतिशत लगानी बागमतीमा रहेको हो । गण्डकीमा १५.१ प्रतिशत, कोशी प्रदेशमा...