बालबालिकालाई काममा लगाउने उद्योगलाई कारबाही

बालबालिकालाई काममा लगाउने उद्योगलाई कारबाही

 राष्ट्रिय डेली

 

विराटनगर। बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने ३५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ । आर्थिक वर्ष २०८०र८१ मा ९५ उद्योग प्रतिष्ठान गरिएको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने ३५ प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरेको हो ।

कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठका अनुसार ती प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरी ६१ हजार एक सय रुपैयाँ जरिवाना तथा तीन लाख ९१ हजार दुई सय ५६ रुपैयाँ जरिवाना गराइएको छ । सो अवधिमा विभिन्न उद्योग प्रतिष्ठानबाट बालश्रमिकका रूपमा रहेका ३५ जना बालबालिकाको उद्धार गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए ।

आर्थिक वर्ष २०८०र८१ मा दुई सय ३५ प्रतिष्ठानमा अनुगमन गर्दा अधिकांश ठूला उद्योग प्रतिष्ठानमा न्यूनतम पारिश्रमिकलगायत श्रम कानुनको पालना गरिएको पाइए पनि साना उद्योग प्रतिष्ठानमा नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, व्यवसायजन्य सुरक्षाको अवस्था कमजोर रहेको पाइएको प्रमुख श्रेष्ठले बताए ।

अनुगमनका क्रममा कमजोर पाइएका उद्योग प्रतिष्ठानलाई सुधार गर्न निर्देशन दिइएको र श्रमिक तथा व्यवस्थापकलाई समेटेर सचेतनामूलक कार्यक्रमसमेत गरिएको उनले बताए । सो कार्यालयमा हाल होटल, उद्योग, वर्कसप गरी ५० वटा उद्योग प्रतिष्ठान सूचीकृत रहेको र एक सय ५० प्रतिष्ठानलाई सूचीकृत हुन ताकेता गरेको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ ।

कार्यालयमा धेरैजसो उजुरी पारिश्रमिक नपाएको सम्बन्धी आउने गरेको उनले बताए । सो अवधिमा पारिश्रमिकसम्बन्धी ७९ उजुरी दर्ता भएकामा ६० उजुरी कार्यालयको पहलमा प्रत्यक्ष वार्तामार्फत समाधान गरिएको र बाँकी १९ उजुरी समाधानको प्रक्रियामा रहेको उनले सुनाए । त्यस्तै यस अवधिमा मकवानपुर, चितवन, सिन्धुलीमा विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको उनको भनाइ छ ।

adv-single
सम्बन्धित समाचार

मकवानपुरमा ६०० भन्दा बढी उद्योग बन्द

बागमती : आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा  ६१० वटा उद्योग बन्द भएका छन्।   मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०/८१ मा उद्योगतर्फ २६८ र वाणिज्यतर्फका ३३६ उद्योगले लगत कट्टा गराएका छन्।...

उदयपुरमा आमा छोराको हत्या

  उदयपुर । उदयपुरको कटारी नगरपालिका– १० मा आमा छोराको हत्या भएको अवस्थामा शव फेला परेको छ । १० नम्बर वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी निर्मला थापा र उनका छोरा ६ वर्षीय आरुस...

सुनको मूल्य स्थिर चाँदीको बढ्यो

  विराटनगर । स्थानीय बजारमा बिहीबार पहेलो धातुको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य स्थिर रहेको हो । बुधबार तोलामा १ लाख ५२ हजारमा कारोबार भएको सुन बिहीबार...

नेपाल घर जग्गा व्यवसायी संध मोरङको अध्यक्षमा रायमाझी

  नेपाल घर जग्गा व्यवसायी संध मोरङको अध्यक्षमा कर्ण बहादुर रायमाझी निर्वाचित भएका छन् । नेपाल घर जग्गा व्यवसायी संध मोरङको ५ औ अधिवेषनबाट रायमाझी सर्व सम्मत चयन भएका हुन् । त्यसैगरी वरिष्ट उपाध्यक्षमा भरतराज...

बालबालिकालाई काममा लगाउने उद्योगलाई कारबाही

  विराटनगर। बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने ३५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ । आर्थिक वर्ष २०८०र८१ मा ९५ उद्योग प्रतिष्ठान गरिएको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकका रूपमा काममा...

सुनचाँदीको मूल्य स्थीर

विराटनगर । स्थानीय बजारमा साताको मंगलबार पहेलो धातुको मूल्य स्थीर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य स्थीर रहेको हो । सोमबार तोलामा १ लाख ५२ हजारमा कारोबार भएको सुन मंगलबार...

शेयर बजारमा उच्च अंकले वृद्धि

विराटनगर । निरन्तर घटेको शेयर बजार सोमबार उच्च अंकले बढेको छ । सोमबार शेयर बजार १२७.३२ अंकले बढेर २,८२३ को विन्दुमा कायम भएको छ । यसदिन २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको...

नक्कली नोट बनाउने गिरोहका आठ जना पक्राउ

विराटनगर । प्रहरीले नक्कली नोट बनाउने कार्यमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । सर्लाहीको सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१२, मधुबनी गाउमा सिँचाइका लागि बोरिङ राख्न बनाइएको खाली घरभित्र नक्कली नोट बनाउने कार्य भइरहेको भन्ने गोप्य सूचनाका...

सुनको मूल्यमा सामान्य गिरावट

  विराटनगर । स्थानीय बजारमा साताको सोमबार पहेलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ३ सयले घटेको हो । आइतबार तोलामा १ लाख ५२ हजार ३...

भैरहवामा नयाँ पेट्रोलियम भण्डारण व्यवस्थापनको काम अन्तिम चरणमा

  विराटनगर । रुपन्देहीको भैरहवामा नयाँ पेट्रोलियम भण्डारण गृह निर्माणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगमले रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा करिब १४ बिघा...

वर्षमा तीन जनासम्म अर्थमन्त्री फेरिने परिपाटी अब रोकिन्छ: अर्थमन्त्री पौडेल

विराटनगर । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्षमा तीन जनासम्म अर्थमन्त्री फेरिने परिपाटी अब रोकिने दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनको २६ औं वार्षिक साधारणसभालाई बोल्दै उनले वर्तमान सरकार स्थायित्वका लागि गठन भएकाले...

बागमती प्रदेशमा सबैभन्दा बढी वैदेशिक लगानी

विराटनगर। प्रदेशगत रूपमा सबैभन्दा बढी वैदेशिक लगानी बागमती प्रदेशमा भएको छ । नेपाल राष्ट्र बैंकको वैदेशिक लगानी सम्बन्धी सार्वजनिक विविरणअनुसार अनुसार कुल लगानीको ५९.७ प्रतिशत लगानी बागमतीमा रहेको हो । गण्डकीमा १५.१ प्रतिशत, कोशी प्रदेशमा...