सुनसरी । इटहरी उप–महानगरपालिकाले वजार अनुगमन गरेको छ । आज विहान इटहरी वजारका ९ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गरिएको हो । उप–महानगरपालिका, जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खाद्यय प्रविधि तथा गुण नियन्यण कार्यालयका प्रतिनिधि, उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरी सहितको संयुक्त टोलीले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा पाँच वटा पसलमा लेवलिङ्ग नगरी समान विक्री गरेको पाइएको छ । तीन वटा पसलको नविकरण नभएको पाइएको छ । अनुगमनका क्रममा पसल नविकरण गर्न र लेवल गरेर मात्र समान वेच्न निर्देशन दिइएको छ ।
इटहरीमा अव नियमित रुपमा वजार अनुगमन गरिने उप–महानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भट्टराईले जानकारी दिए । इटहरीमा समय समयमा भएका वजार अनुगमनका कारण म्याद गुज्रेका सामान थन्क्याउने छुट्टै ठाँउको ब्यवस्था गर्न थालिएको, लेवल लगाएर मात्र समान वेच्न थालिएको, म्याद भएका समान वेच्ने क्रममा उल्लेख्य सुधार आएको शाखा प्रमुख भट्टराईले वताए ।
Post Views: 326