विराटनगर । नेपाल सरकारले यात्रुसहितको भारतीय नम्बर प्लेटको सवारी साधनलाई नेपाल प्रवेशका लागि अनुमति दिएको छ।
डेढ वर्षदेखि रोकिएको भारतीय नम्बर प्लेटको निजी सवारी साधनहरुलाई यात्रुसहित शुक्रबारदेखि नेपाल प्रवेश दिइएको भन्सार कार्यालयहरुले जनाएका छन् ।
कोरोना महामारीका कारण सरकारले भारतीय नम्बर प्लेटको गाडीलाई २०७६ चैत्र १० गतेदेखि नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको थियो । तर मन्त्रिपरिषद्को निर्णयपछि शुक्रबारदेखि भारतीय यात्रुबाहक सवारी साधनलाई नेपाल प्रवेश खुला गरिएको हो ।
विभागका निर्देशक एवम् सूचना अधिकारी पुण्यबिक्रम खड्काले नजिकको सहरसम्म सुविधामा र नेपालभरका लागि भन्सार काटेर भारतीय यात्रुबाहक सवारी साधनलाई नेपाल प्रवेश खुला गरिएको बताए ।
Post Views: 238