विराटनगर । नेपाली मिति अनुशार सोमबारदेखि विभिन्न विधामा नोबेल पुरस्कार पाउने व्यक्तिको नाम घोषणा हुँदैछ ।
सोमबार चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार पाउने वैज्ञानिकको नाम सार्वजनिक गरिने भएको छ । साथै मंगलबार भौतिकशास्त्र र बुधबार रसायनशास्त्रको नोबेल पुरस्कार घोषणा गरिने छ । साहित्यतर्फको नोबेल पुरस्कार बिहीबार, नोबेल शान्ति पुरस्कार , शुक्रबार र शनिबार अर्थशास्त्रको तर्फको पुरस्कार घोषणा गरिने भएको हो ।
पुरस्कार घोषणा मिति नजिकिँदै गर्दै सम्भावित विजेतबारे विभिन्न अड्कलबाजी हुन थाले सगै नोबेल पुरस्कारको चर्चामा कोभिड खोपका आविष्कारकहरुको नाम बढी चर्चा हुन थालेको छ भने नोबेल पुरस्कारमध्ये एउटा पुरस्कार हंगेरीकी वैज्ञानिक कटलिन करिकोलाई दिनुपर्ने आवाज समेत उठ्न थालेको छ ।कटलिन करिको हंगेरीकी बायोकेमिस्ट जीवरसायनशास्त्री हुन् ।
आरएनएमा आधारित खोप प्रविधि एवं रोगप्रतिरोधी क्षमता विकासमा उनले महत्वपूर्ण योगदान गरेकी थिइन्।
Post Views: 39