विद्यार्थी परिषद् इनरुवा नगर इकाईको एक दिवसीय अभ्यास बर्ग सम्पन्न

विद्यार्थी परिषद् इनरुवा नगर इकाईको एक दिवसीय अभ्यास बर्ग सम्पन्न

 राष्ट्रिय डेली

इनरुवा । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल इनरुवा नगर इकाईले एक दिवसीय अभ्यास बर्ग सम्पन्न गरेको छ ।

सुनसरी बहुमुखी क्याम्पसमा शुक्रबार भएको अभ्यास बर्गमा विभिन्न कलेजका विद्यार्थीहरूको प्रतिनिधित्व रहेको थियो ।

इनरुवा नगर इकाईका अध्यक्ष इश्वर पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद नेपालका केन्द्रिय सदस्य मनिप ओझा र केन्द्रिय सदस्य सौरभ विश्वकर्माकोे सहभागिता रहेको थियो ।

केन्द्रिय सदस्य ओझाले राष्ट्र पुर्णनिर्माण, व्यक्ति निमार्ण, असल व्यक्तिमा हुनु पर्ने गुणहरूको बारेमा जानकारी दिनुभएको थियो । साथै राष्ट्रको नाममा संकल्प पनि गराउनु भएको थियो । विश्वकर्माले विधार्थी परिषदको कार्यपद्धति र उदेश्यका बारेमा बताउनुभएको थियो ।

अभ्यास वर्गमा विद्यार्थीहरूलाई विभिन्न विषय, परिषदको सैद्धान्तिक भुमिका, कार्य पद्धति, सामाजिक कार्यमा गर्ने कला र विद्यार्थी जीवनमा गर्नुपर्ने कार्यहरूको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।

यस्तै इनरुवा १५ सदस्यीय नगर इकाई समिति समेत गठन गरिएको छ । नवगठीत समितिमा नगर उपाध्यक्षमा प्रेमा पोखरेल, सचिवमा उज्ज्वल कार्की, नगर सह–सचिवमा सोभा विक र सन्नि मण्डल, छात्रा प्रमुख रमिता उराँव र सह–संयोजकमा मुन्दिका मुखिया चयन भएका छन् ।

यस्तै मिडिया संयोजक मनोज साह र मिडिया सह–संयोजकामा सुस्मिता उराँव चयन भएका छन् । यसैगरी सदस्यहरूमा अजय कुमार साह, देव चन्द मेहता, कविता यादव, निशा विक, रुबी कुमारी मेहता, विष्णु कुमार साह, पंकज यादव लगायत चयन भएका छन् ।

adv-single
सम्बन्धित समाचार

कोभिड–१९ को संक्रमण बढेसँगै मस्कोमा लकडाउन सुरु

  विराटनगर । कोभिड–१९ को संक्रमण बढेसँगै रुसको मस्कोमा बिहीबारबाट लकडाउन सुरु भएको छ। लकडाउन सुरु भएपछि मस्कोको फार्मेसी र सुपरमार्केटबाहेक सबै पसलहरु बन्द गरिएको छ। रुसमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ। गत मंगलबार...

इनरुवा थुनुवा मृत्यु प्रकरण : दुई दिन पछी फर्कियो छानबिन टोली

  सुनसरी । असोज २४ गते जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका थुनुवाको आत्महत्या घटनाको अनुसन्धानका लागि आएको गृह मन्त्रालयको अध्ययन तथा छानबिन समिति टोली घटनाको छानबिन पछी फर्किएको छ । गृह मन्त्रालयका सहसचिव थानेश्वर...

हिमालय रोडबाट उड्ने धुलोले स्थानियको स्वास्थ्यमा समस्या

विराटनगर । विराटनगरको हिमालय रोड अन्तर्गत महेन्द्र चोक देखिपूर्वको सडक नबन्दा सर्बसाधरणले सास्ति भोग्न बाध्य छन् । लामो समयदेखि अलपत्र सडक निर्माणमा सम्बन्धित निकायको ध्यान नजाँदा स्थानिय ब्यापारी पनि समस्यामा परेका छन् । सडकमा उड्ने...

बोरुसियासँग बायर्नको हार

  विराटनगर। जर्मन बुण्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले डिएफबी कपमा बोरुसिया मोन्चेनग्लाडबाकसँग लज्जास्पद हार व्यहोरेको छ । बुधबार राति भएको खेलमा बायर्न मोन्चेनग्लाडबाकसँग ५(० गोल अन्तरले पराजित भएको हो । बोरुसिया पार्कमा मान्चेनग्लाडबाकलाई जिताउन ब्रिल एम्बोलो...

बेलकाको नमुना मा.वि. नमुना बन्दै

शिव प्रसाद लुइँटेल उदयपुर । बेलका नगरपालिका – ४ स्थित जनता नमुना माध्यमिक विद्यालय विद्यार्थीको रोजाइमा पर्न सफल भएको छ । जनता नमुना माध्यमिक विद्यालय गुरुङ चौरीले विद्यार्थीलाई सहज होस् भनेर पुनः एक थान स्कुलबस...

सर्वोच्चका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन

  कठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ । लम्सालको ८४ वर्षको उमेरमा आज बिहीबार बिहान काठमाडौंको मेडिकेयर अस्पतालमा निधन भएको भतिजी अमृता लम्सालले जानकारी दिइन् । लम्साल लामो समयदेखी मुटुसम्बन्धी समस्याले...

विराटनगरको कञ्चनबारीमा तीनवटा सवारी एकापसमा जुधे, एक जनाको मृत्यु, ६ जना घाइते

विराटनगर । विराटनगरस्थित कञ्चनबारीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बुधबार बेलुका ट्रक, कार र सरकारी गाडी दुर्घटना भएको थियो । दुर्घटनामा विराटनगर महानगरपालिका– ३ का...

नागरिक अभियानद्दारा एक बर्ष पुरा गरेको अवसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न

  सुनसरी । सुनसरीको ग्रामिण क्षेत्रको पहिलो अनलाईन नागरिक अभियान डटकमको प्रथम वार्षिक उत्सव कार्यक्रम देवानगञ्ज गाउँपालिका १ मध्यहर्षाहीमा समपन्न भएको छ । अभियान ब्रोडकाष्टिङ नेटवर्क प्रा .लिले २०७७ साल कार्तिक ९ गते आफ्नो अनलाईन...

ईलाममा झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या

ईलाम । देउमाई नगरपालिका – ५ बारुङ का ३३ बर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।   आज बिहान ६ बजे उनले आफ्नै घर भित्र...

बाढीपीडितको घरमा कांग्रेस केन्द्रीय सदस्य अर्याल

विराटनगर । राजनीतिलाई सेवाका रुपमा लिने गरिन्छ । तर नेपालमा पछिल्लो समय राजनीतिलाई पेशा र व्यवसायका रुपमा अंगिकार गर्नेहरू पनि प्रशस्तै भेटिन्छन् । उनीहरूले राजनीतिमा लागेर अर्बौं धनसम्पत्ति जोडेका प्रशस्तै उदाहरण छन् । तर, राजनीति...

उदयपुरबाट ५३ किलो गाँजा सहित एक जना पक्राउ

उदयपुर । कटारी नगरपालिका – ६ स्थित भोर्ले जंगलबाट ५३ किलो गाँजा सहित एक जना पक्राउ गरिएको परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका – ९ सोरुमछबिसेका २० बर्षीय प्रेम परियार रहेका छन् । आज...

दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छ ःमन्त्री खड्का

  उदयपुर । परराष्ट्रमन्त्री डा नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताए । नेपाल प्रेस युनियनले आज जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “अहिले देशमा वर्तमान सरकारको माझ सबैभन्दा...