विराटनगर । मुक्तककार मञ्जुश्री गिरीको ‘सपनाको सिरानी’ मुक्तक संग्रहको चर्चा परिचर्चा गरिएको छ । शनिबार विराटनगरमा नारी स्रष्टा समाजले एक कार्यक्रमको आयोजना गरेर गिरीको मुक्तक संग्रहको चर्चा परिचर्चा गरेको हो ।
कार्यक्रममा बोल्दै साहित्यकार भूषण ढुङ्गेलले औपचारीक रूपमा मुक्ततकले एउटा मानक पाएको बताए । उनले गिरीको मुक्तक संग्रह आफैँमा एउटा स्तरीय मुक्तक संग्रह रहेको उल्लेख गरे ।
नारी श्रष्टा समाज विराटनगरले प्रकाशन गरेको उक्त पुस्तकमा २५० वटा मुक्तक समावेश छन् ।
कार्यक्रममा प्राज्ञ दधिराज सुवेदी, गजलकार मधु पोखरेल, झोराहाट नाटकघरका अध्यक्ष भरत गुरागाइँ ‘बर्बरिक’, कवि दीपक सन्चु, धिरज राई, सिमा आभास, रामबाबु दाहाल, प्रमोद ढकाल लगायतको सहभागिता रहेको थियो ।
Post Views: 266