विराटनगर । नेपाली काङ्ग्रेसको जारी १४औँ महाधिवेशनमा विराटनगर महानगरसमितिको शनिबार भएको निर्वाचनमा दीपक चापागाई विजयी भएका छन् । चापागाई दुई सय १२ मतसहित बाँकी तीन प्रतिद्वन्द्वीलाई उछिन्दै महानगरसमिति सभापतिमा विजयी भएका हुन् ।
त्यसैगरी विराटनगर महानगरसमितिको उपसभापतीमा निरज कोइराला र इन्दु सुवेदी , सचिवमा झुमा निरौला र तेजिन्द्र भट्टराई, तथा सहसचिवमा सचिन पोखरेल र दिवस विजयी भएका छन् ।
शनिबार भएको नगरअधिवेशनमा ६ सय ८१ मतदातामध्ये ६ सय ६४ मत खसेको थियो । १७ जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी भएनन् । मतगणना साँझ शनिबार साँझ सात बजेबाट सुरु भएको थियो ।
Post Views: 7