विराटनगर । इटहरी उप–महानगरपालिकाले खनारमा वजार अनुगमन गरेको छ । इटहरी उप–महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, खाद्यय प्रविधि तथा गुण नियन्यण कार्यालयका, उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरी सहितको संयुक्त टोलीले बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा पाँच वटा पसलमा म्याद गुज्रिएका समान वेच्न राखेको पाइएको छ । तीन वर्षअघि म्याद गुज्रिसकेको सामान समेत बेच्न राखेको पाइएको छ ।
अनुगमन टोलीले म्याद गुज्रिएका समान नष्ट गरेको छ । खनार वजारका १४ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा पाँच वटा पसलमा मूल्य सूची नराखेको पाइएको छ । चार वटा पसलले ब्यवसाय प्रमाण पत्र विनानै पसल संचालन गरेको पाइएको छ । दुईवटा पसलको नविकरण नभएको पाइएको छ । अनुगमनका क्रममा ब्यवसाय प्रमाण पत्र लिन, पसल नविकरण गर्न र लेवल गरेर मात्र समान वेच्न निर्देशन दिइएको छ ।
पहिलो पटक भएकाले म्याद गुज्रिएका समान नष्ट गरी त्यस्ता समान नवेच्न र छुटटै ठाँउ वनाएर राख्न निर्देशन दिइएको उप–महानगरका उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भटटराईले जानकारी दिए ।
अर्को पटक अनुगमनका क्रममा पनि म्याद गुज्रिएका समान वेच्न राखेको पाइए कानुन वमोजिम कारवाही हुने उनले चेतावनी दिए ।
Post Views: 25