व्यापारीलाई धम्की दिएर रकम माग्ने दुई पक्राउ

व्यापारीलाई धम्की दिएर रकम माग्ने दुई पक्राउ

 राष्ट्रिय डेली

विराटनगरका व्यापारीलाई धम्की दिएर रकम माग्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का २७ वर्षीय शम्भु पासवान र विराटनगर–११ का २८ वर्षीय अजय पासवान रहेका छन् ।

 

सोमबार साँझ साढे चार बजे विराटनगरका स्थानीय व्यवसायीलाई धाकधम्की दिई रकम माग गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । डिएसपी श्रेष्ठका अनुसार उनीहरूलाई नगद रू १० हजार र रकम माग गर्न प्रयोग भएको थान दुई थान मोबाइलसहित विराटनगर–१० स्थित बसपार्कबाट नियन्त्रणमा लिइएको हो ।

 

पक्राउ परेका उनीहरूलाई मोरङ जिल्ला अदालतबाट अपराधिक लाभ लिएको कसुरमा पाँच दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

कोशीमा पहिचान पक्षधरसँग वार्ता गर्न तीन सदस्यीय वार्ता समिति गठन

विराटनगर । कोशी प्रदेशमा पहिचान पक्षधरसँग वार्ता गर्न सरकारले समिति बनाएको छ । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिसँग वार्ता गर्न सरकारले समिति गठन गरेको हो । पहिचान पक्षधरहरू गत १० चैतदेखि आन्दोलनरत छन्...

उपत्यकाका खोलाको मापदण्ड थप २० मिटर कायम गर्ने फैसला हाल स्थगित

विराटनगर । बाग्मती नदी तथा यसका सहायक नदी तथा खोला किनाराको दायाँ बायाँ थप २० मिटर सीमा कायम गर्ने सर्वोच्च अदालतको फैसला हाललाई स्थगित भएको छ। सर्वोच्च अदालतले पुनरावेदनका लागि सरकारलाई अनुमति दिएकाले फैसला कार्यान्वयन...

प्रसाईंलाई ४० हजार धरौटीमा रिहा गर्न आदेश

  विराटनगर । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश...

त्रिविमा मैले हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा आफ्नो कुनै हस्तक्षेप नभएको बताएका छन्। आज९बिहिबार० बसेको त्रिभुवन विश्वविद्यालयको साधारणसभा (सिनेट) बैठकमा त्रिवि कुलपतिसमेत रहेका उनले यस्तो बताएका हुन्। उनले सबैले सानो कुरामा नअल्झिएर त्रिविलाई प्रभावकारी...

शेयर बजारमा उच्च अंकले गिरावट

  विराटनगर । बिहीवार शेयर बजारमा उच्च अंकले घटेको छ । शेयर बजार ३३.४२ अंकले घटेर २,६८२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर मूल्य...

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

विराटनगर । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर भएका कारणले नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ। आज दिउँसो ३ बजेका लागि पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक अब भोलि बिहान ११ बजे बस्ने...

विराटनगर प्याब्सनको अध्यक्षमा अर्जुन श्रेष्ठ

विराटनगर । विराटनगर महानगर प्याव्सनको अध्यक्षमा अर्जुन श्रेष्ठ सर्वसम्मत निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठ विराटनगर प्याव्सनको तेस्रो अधिवेशनबाट सर्वसम्मत निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी तेस्रो महानगर अधिवेशनबाट उपाध्यक्षमा असोक लामा, सचिवमा चिरिञ्जीवि तिम्सिना,...

रविलाई थप पाँच दिनको हिरासत

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले पाँच दिन म्याद थप गरेको छ। जिल्ला अदालत कास्कीमा बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उनलाई थप पाँच दिन म्याद थपी अनुसन्धान गर्न...

त्रिवि दीक्षान्त व्यावस्थित नभए बहिष्कार गर्ने : विष्णु ढुंगेल

विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पसका अध्यक्ष एवं त्रिवि सभा सदस्य विष्णु ढुंगेलले यस वर्षको त्रिवि दीक्षान्त समारोह व्यवस्थित नभए बहिष्कार गर्ने बताएका छन्। आज (बिहिबार) बसेको त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनमा त्रिवि कुलपति...

विश्वकप फुटबलको तयारीमा साउदी अरेबिया

विराटनगर । सन् २०३४ को फिफा विश्वकप फुटबल एसियाली मुलुक साउदी अरेबियामा हुने भएको छ। साउदी अरेबियाका रियाद, जेद्दा, अल खोबर, आभा र निओम शहरका १५ रंगशालामा खेल खेलाइने एजेन्सीले जनाएको छ। ९२ हजार दर्शक...

जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

विराटनगर । जाजरकोटको नलगाड नगरपालिका–३ को बिराखोला कैना–कट्के सडकखण्डमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो जीप गएराति ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका...

संखुवासभामा भरुवा बन्दुकसहित पक्राउ

विराटनगर । संखुवासभाको मकालु गाउँपालिका(२ का ३० वर्षीय लाक्पा शेर्पालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मकालुबाट खटिएको प्रहरी टोलीले शेर्पाको घर खानतलासी गर्दा कोठाबाट लोड गरेको एक थान भरुवा बन्दुक र...