कांग्रेसभित्र अब गुटको राजनीति अन्त्य हुनुपर्छ : सचिन पोखरेल

कांग्रेसभित्र अब गुटको राजनीति अन्त्य हुनुपर्छ : सचिन पोखरेल

 राष्ट्रिय डेली

सचिन पोखरेल
सहसचिव ,नेपाली कांग्रेस विराटनगर महानगर समिति

हालै सम्पन्न अधिवेशनमार्फत अत्याधिक मतका साथ विजयी हुनुभएको छ, कस्तो महसुस भइरहेको छ ?
नेपाली कांग्रेस विराटनगर महानगर समितिमा सबैभन्दा बढी मत प्राप्त गरेर विजयी भएको छु । विजयी अन्य उम्मेदवारभन्दा बढी मत आउनु मेराका लागि सबैभन्दा बढी खुसीको क्षण हो । बढी मत ल्याएँ भनेर हौसिएको छुइँन । ममाथि थप जिम्मेवारी आइपरेको छ भन्ने मैले महसुस गरेको छु । नेपाली कांग्रेस विराटनगरका १९ वटै वडाका बुथ सभापति, क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्यहरूको विश्वास र भरोसालाई टुट्न दिने छुइँन । उहाँहरूले ममाथि देखाउनु भएको विश्वासलाई शिरमा राखेर पार्टीलाई माथि उठाउन अहोरात्र खट्नेछु ।

कांग्रेसभित्र गुटको राजनीति निकै मौलाएको छ, तपाईं पनि कुनै गुटको पछि लागेर नै त सहसचिवमा अत्यधिक मत ल्याउनु भएको होला नि होइन ?
चुनावको बेला गुट र उपगुट हुनुलाई अस्वभाविक मान्नु हुँदैन । प्रजातान्त्रिक पार्टीमा प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धा हुँदा समूह अर्थात् गुट हुन्छ । तर निर्वाचन सम्पन्न भएसँगै गुट र उपगुटको अन्त्य हुनुपर्छ । जहाँसम्म विराटनगर कांग्रेसमा पनि सभापतिदेखि सहसचिव र सदस्यसम्मै प्रतिस्पर्धा भयो । केही सदस्यमा सर्वसम्मत पनि भयो । मलाई आएको मतबाटै म गुटमा थिएँ कि थिइन भन्ने प्रस्ट हुन्छ । कुनै एउटा गुटमा मात्रै भएको भए त्यति धेरै मत आउने थिएन । मलाई सबै नेताहरूको साथ थियो । मैले गुटबाट होइन कांग्रेसबाट जितेको हुँ ।

सहसचिवको कार्यसमितिमा पनि खासै भूमिका हुँदैन, पदका लागि पद त होला नि होइन ?
यही त सोचाइ गलत छ त हामीकहाँ । पद भनेको केही होइन । काम गर्नेका लागि सभापति नै हुनुपर्छ भन्ने छैन । सदस्यले पनि काम गर्न चाह्यो भने राम्ररी काम गर्दछ । भूमिका अरुले हातमा ल्याएर दिने होइन आफूले खोज्ने हो । मेरो सवालमा पनि त्यही हो । म आबद्ध भएको संस्थामा राम्रो काम गरेको छु । कांग्रेस महानगरमा पनि मैले राम्रो काम गर्नेछु भन्ने आत्मविश्वास छ । व्यक्ति भनेको केही होइन पहिलो संस्था महत्वपूर्ण हो । विगतमा के भयो र के गरियो त्यसतर्फ नलागौं । अब कांग्रेस महानगर समितिका हरेक गतिविधि पारदर्शी हुन्छ । हरेक काम सामूहिक भावनाका साथ अगाडि बढाउँछौं । हामीले गर्नुपर्ने धेरै काम छन् ती क्रमशः गर्दै जानेछौं ।

के छन् त्यस्ता तपाईंहरूले गर्ने धेरै काम ?
पहिलो त अहिले राजनीतिप्रति जनतामा निराशा छाएको छ । अघिल्लो कम्युनिष्ट सरकारका कारण मुलुकमा बढेको व्यतिथि, भ्रष्टाचार, अनुशासनहीनता, बलात्कार, महँगीलगायतका कारण आमनेपाली जनतामा नेताहरूप्रति वितृष्णा जागेको छ । यसलाई हामीले चिर्नुछ । मुलुकको विकास गर्ने भनेको राजनीतिमार्फत नै हो । राजनीति भनेको नीतिको पनि नीति हो । अहिले राजनीति धमिलिएको छ । यसलाई सङ्ल्याउनु छ । नेपालमा राजनीतिलाई पेशाका रुपमा अंगिकार गरेको पाइन्छ । राजनीति भनेको पेशा होइन सेवा हो । जबसम्म राजनीतिलाई सेवाका रुपमा आत्मसात गरिँदैन तबसम्म राजनीतिभित्रको विकृति हटेर जाँदैन । निराश जनतालाई आशा जगाउनु हाम्रो पहिलो काम हो । त्यस्तै अब लगातार स्थानीय, प्रदेश र संघीय निर्वाचन आउँदैछ । यही समितिले विराटनगरका १९ वटै वटासहित महानगरमा कांग्रेसको विजय सुनिश्चित गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुनेछ । सँगै प्रदेश र संघीय निर्वाचनमा विराटनगरमा पर्ने ३ वटै निर्वाचन क्षेत्रमा कांग्रेसलाई विजयी गराउन हामी लाग्नेछौं ।

कम्युनिष्ट सरकारलाई दोष थोपर्नु भयो, अहिले त कांग्रेसकै सरकार छ त, कांग्रेसले चाहिं जनताका काम गरिरहेको छ त ?
अघिल्लो सरकार झण्डै दुई तिहाईको सरकार थियो । केपी ओलीको आफ्नै अहमका कारण सत्ताबाट बाहिरिनु परो । कांग्रेसले जबरजस्ती सत्ता लिएको होइन । कम्युनिष्टहरूले चलाउन नसकेपछि मात्रै कांग्रेसले सरकारको नेतृत्व गरेको हो । कहिल्यै पनि कांग्रेसले सत्तामा जाने हतारो गरेन । किन भने कम्युनिष्टलाई पाँच वर्षसम्म सरकार सञ्चालन गर्ने जिम्मेवारी जनताले दिएका थिए निर्वाचनमार्फत । तर, जनताले दिएको मतको भार थेग्न नसकेर कम्युनिष्टहरू छिन्नभिन्न र टुटफुट भए । कम्युनिष्टभित्रको आन्तरिक विवादका कारण केपी ओलीको सरकार ढल्यो । देशलाई अनिर्णयको बन्दी हुनबाट जोगाउन बाध्यात्मक अवस्थामा कांग्रेस सरकारमा गएको हो । ओलीलाई जस्तो अहिलेको सरकारलाई सजिलो छैन । अहिलेको सरकार गठबन्धन सरकार हो । सबैको चित्त बुझाउनुपर्छ । त्यसो भएकाले काम गर्न गाह्रो छ अहिलेको सरकारलाई । अघिल्लो सरकारले बिगारेका कामलाई सपार्ने काम गरिरहेको छ यो सरकारले । सबै नेपालीलाई खोप लगाउने भनिरहेको छ । भ्रष्टाचारहरू घटेका छन् । कानुनी राज्यको महसुस भइरहेको छ । सीमित स्रोत साधनले जनताका असीमित चाहना पूरा गर्न एकैपटक गाह्रो छ । अघिल्लो सरकारले भन्दा तुलात्मक रुपमा यो सरकारले धेरै नै राम्रा काम गरिरहेको छ ।

अब चाँडै नै क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन हुँदैछ, तपाईं कुन गुटलाई सहयोग गर्नुहुन्छ ?
कांग्रेसभित्र अब गुटको राजनीति अन्त्य हुनुपर्छ । सक्षम र क्षमतावानलाई अवसर दिनुपर्छ । अहिलेसम्म कुनै अवसर नपाएका नेता कार्यकर्ता धेरै छन् पार्टीभित्र । त्यस्ता व्यक्तिहरूलाई अवसर दिनुपर्छ । नेताको नजिक भएकै कारण सीमित व्यक्तिले पटक–पटक अवसर पाउने तर पार्टीका लागि काम गर्नेले कहिल्यै पनि अवसर नपाउने अवस्थाको अन्त्य हुनुपर्छ । भिजन भएका नेताहरू अगाडि आउनुपर्छ । त्यसो भएकाले म गुटको विश्वास गर्दिन । चुनावमा प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धा भएकै आधारमा कांग्रेसमा गुट उपगुट भयो भन्न मिल्दैन । म हिजो पनि कांग्रेस थिएँ आज पनि कांग्रेस छु र भोलि पनि कांग्रेस नै रहनेछु । अधिवेशनमा म कांग्रेसलाई सहयोग गर्छु ।

 

adv-single
सम्बन्धित समाचार

मुगुकी नोन्जोमले असीऔं जन्मदिनमा पाइन् नागरिकता

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मिएकी उनलाई उनको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी...

आफैं सवार बसले ओर्लने क्रममा ठक्कर दिएर तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२, गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्केकी राप्ती नगरपालिका–२, गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट...

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न, यी विषयमा भयो छलफल र सहमति

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल...

जंगलबाट गाउँ पसेको डढेलोले खोटाङमा १३ घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा १३ वटा घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मतान, दुईवटा गोठ खरानी पारेको हो । क्षतिको...

यस्तो रहने छ आज दिनभरको मौसम

विराटनगर । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।...

झापामा बोलेरोको ठक्करबाट एकै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

दमक (झापा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-झिलझिले खण्डमा आज बिहान बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका-४ का तीन जनाको मृत्यु भएको छ । आज बिहान बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई,...

कतारका राजाको ऐतिहासिक नेपाल भ्रमण कति उपलब्धिमूलक ?

विराटनगर । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका...

बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर एक जनाको मृत्यु

विराटनगर । पाँचथरमा बाँदर धपाउनका लागि भरूवा बन्दुक पड्काउँदा बारूदको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका-४, सिबुवाका ५१ वर्षीय मनकुमार सिगुको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार राति साढे १०...

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको...

झापामा सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर (झापा) । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा...

टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस सार्वजनिक, कति छ मूल्य ?

विराटनगर । टीभीएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ । यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे,एन्टर्क, रेडर, आईक्युबजस्ता उत्कृष्ट...