विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले स्वास्थ्यका मापदण्ड पालना गर्दै दशैं मनाउन आग्रह गरेका छन् ।
नेपालीहरूको महान चाड वडा दशैंको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै आचार्यले यस्तो आग्रह गरेका हुन ।
विहीबार शुभकामना सन्देश जारी गदैं मुख्यमन्त्री आचार्यल दशै पर्वले अन्याय, अत्याचार अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पुग्ने बताए ।
उनले कोभिड–१९ को महामारीले स्वास्थ्यमा ठूलो चुनौती पनि थपिएको भन्दै महामारीबाट जोगिन नेपाल सरकारले लागु गरेको स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न पनि सबैमा आग्रह गरेका छन् ।
‘आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्वन गरेर मात्र चाडपर्व मनाउन सबैलाई अनुरोध गर्दछु ।’ जारी सन्देशमा भनिएको छ ।
महान पर्व दशैंले भिन्नभिन्न जातजाति, भाषा, धर्म एंव सांंस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि राष्ट्रिय एकता, सामाजिक सद्भाव, आफसी भातृत्व कायम गर्न सकोस भन्ने उनले कामना गरेका छन् ।
Post Views: 288