विराटनगर । ‘स्रष्टा र सिर्जना’ को पाँचौ श्रृङ्खलामा चार स्रष्टा प्रस्तुत हुने भएका छन् । विराट आदर्श साहित्य मञ्चको आयोजनामा शनिवार हुने कार्यक्रममा पूर्वका चर्चित गायक श्रीकृष्ण लुइँटेल ‘बोकदाह्री’, शिक्षासेवी तथा साहित्यकार भेषराज पोखरेल, गजलकार रोमु अधिकारी र कवि एकराज थापा प्रस्तुत हुने भएका हुन ।
विराट आदर्श साहित्य मञ्चको आयोजनामा दुईदुई महिनामा हुँदै आएको ‘स्रष्टा र सिर्जना’ कार्यक्रम कोरोना महामारीका बिच लामो समय हुन सकेको थिएन । लामो समयको अन्तरालमा पाँचौ श्रृङ्खला शनिवार हुन लागेको मञ्चका सचिव प्रभा पन्तले जानकारी दिईन् ।
यसअधि पोखरा, काठमाण्डौं र विराटनगरमा ‘स्रष्टा र सिर्जना’ चार श्रृङ्खला भइसकेका छन् ।
Post Views: 0