सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण गर्नका लागि जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकलाई हस्तान्तरण गरिएको छ ।
शुक्रबार प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी अरुन पोखरेल, परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, प्रहरी उपरीक्षक राजन अधिकारी लगायतको उपस्थितिमा विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।
करिब ६० लाख बराबरको (टेण्ट, प्लास्टिक सिट, सिलिपिङ म्याट्स लगायतका) सामग्रीहरू रहेको विद्यार्थी परिषदका राष्ट्रिय महा–सचिव छितराज न्यौपानेले जानकारी दिए । उक्त सामग्री बाढी प्रभावित क्षेत्रमा वितरण गर्नका लागि भारत सरकार र भारतीय जनताले प्राज्ञिक विद्यार्थी परिषद नेपाललाई उपलब्ध गराएको थियो ।
Post Views: 287