नेपाल उद्योग परिसंघको शुभकामना आदानप्रदान

नेपाल उद्योग परिसंघको शुभकामना आदानप्रदान

 राष्ट्रिय डेली

विराटनगर / प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले कला, धर्म र संस्कृतिले समाजलाई एक आपसमा जोड्ने बताउनुभएको छ ।
नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ ले विजयादशमी, शुभदीपावली, छठलगायतका आसन्न चाडपर्वका अवसरमा आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख अधिकारीले चाडपर्व धर्म, संस्कृतिले राजनीतिक संस्कारलाई पनि परिमार्जन गर्ने धारणा राख्नुभयो । विराटनगरजस्तो धेरै जना प्रधानमन्त्री जन्माइसकेको ठाउँका नेताहरूले पुर्खाको योगदानलाई बुझेर कति उपयोग गर्न सक्यौ हामीले भन्ने प्रश्न उठिरहेको उहाँको भनाइ छ ।
प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले वडादशैं, शुभ दिपावलीलगायतका आसन्न चाड पर्वको शुभकामना दिनुहुँदै राजनीतिक क्रान्ति सकिएर विकास निर्माण, रोजगारी सृजना र उद्योग व्यवसायको बृद्धि गर्ने बेला आएको बताउनुभयो । उहाँले उत्पादन बढाउने, रोजगारी बढाउने काममा निजी क्षेत्रले सोच्नुपर्ने बेला आएको धारणा राख्नुभयो । उहाँले उत्पादन, वृद्धि, रोजगारी वृद्धि, व्यापार वृद्धिका लागि निजी क्षेत्रलाई सघाउन र सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभयो ।
आयोजक परिसंघ संघका अध्यक्ष भीम घिमिरेले औद्योगिक र व्यावसायिक क्रान्तिका लागि सकारात्मक सोच आवश्यक रहेको चर्चा गर्र्नुभयो । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले मुलुकको आर्थिक विकास र समृद्धिका लागि औद्योगिक क्रान्ति आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले चाडपर्वले आपसी सम्बन्ध अभिवृद्धि गर्दै मुलुकको विकासमा अग्रसर हुन सबैमा प्रेरणा जागोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश–१ पूर्वमन्त्री हिक्मतकुमार कार्की, मोरङ प्रमुख जिल्ला अधिकारी काशीनाथ दाहाल, प्रदेश प्रहरी प्रमुख डीआईजी अरुणकुमार विसीसहित विभिन्न राजनैतिक दलका नेता, उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

 

adv-single
सम्बन्धित समाचार

बर्दिवासलाई पराजित गर्दै एपीएफ मिल्स गोल्डकपको सेमिफाइनलमा

  विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल ९एपीएफ० पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आज भएको उद्घाटन खेलमा महोत्तरीको नगर खेलकुद...

गीतकार प्रमिला बस्नेतको 'सधैं देख्ने सपनाको' सार्वजनिक

काठमाडौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनि नेपाली गीतसंगीतमा सक्रिय रहेकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको...

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ (चितवन) । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन् । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल...

काेशीका मुख्यमन्त्री कार्कीविरूद्धकाे संकल्प प्रस्ताव बहुमतले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेको सो सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७०...

सांसद हसिना खानले लिइन् शपथ

काठमाडौँ । सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको शपथ गराएका...

एकीकृत समाजवादीले कोशी प्रदेशमा मुख्यमन्त्री मागेको छैन : नेता खनाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने...

रूखबाट खसेर एक पुरूषको मृत्यु

ढोरपाटन (बागलुङ) । बागलुङमा घाँस काट्ने क्रममा रूखबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका-४, खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो । बिहान ८ बजे बाख्रालाई घाँस...

जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर-५, धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको...

नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित

विराटनगर । नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्लासभा सदस्य एलेक्स लीद्वारा अनसंग हिरो २०२४ को रूपमा थापा सम्मानित भएका हुन् । थापा महिलाहरूको लागि मार्शल...

जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

जजरकोट । भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा पाँच सय विद्यार्थीहरूलाई शैक्षिक सामग्री...

बूढीगंगाकी उपाध्यक्ष सार्वजनिक बिदाको दिन सरकारी गाडी लिएर व्यक्तिगत सफरमा

विराटनगर । सरकारले कार्यालयीय कामको प्रयोजनमा आवतजावतमा सहजताका लागि स्थानीय तहका जनप्रतिनिधिलाई सवारी साधनको व्यवस्था गर्छ । यसरी व्यवस्था गरिने सवारी साधन कार्यालयीय प्रयोजनमा बाहेक प्रयोग गर्न पाइँदैन । तर, जनप्रतिनिधिहरूको सरकारी गाडी दुरूपयोगको शृंखला...

एसीसी प्रिमियर कप : अपराजित रहँदै नेपाल सेमिफाइनलमा

एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित भएको छ। बुधबार साउदी अरबलाई ६ विकेटले पराजित गर्दै नेपाल समूह 'ए' मा अपराजित रहेको हो। यसअघि नेपालले समूहमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको...