साफ च्याम्पियनसिपमा भारतसँग नेपाल पराजित

साफ च्याम्पियनसिपमा भारतसँग नेपाल पराजित

 राष्ट्रिय डेली

 

साफ च्याम्पियनसिप १३औं संस्करणको तेस्रो खेलमा नेपाल भारतसँग पराजित भएको छ । आइतबार राति सर्वाधिक धेरै सात पटकको विजेता टिम भारतसँग भिडेको नेपाल १–० गोलले स्तब्ध भएको हो ।

राजधानी मालेस्थित राष्ट्रिय रङ्गशालामा भएको खेलमा भारतलाई जिताउन कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ८२औँ मिनेटमा क्षेत्रीले गोल गर्दै भारतलाई जिताए ।

सुरुवातदेखि नै नेपालले रक्षात्मक रणनीतिलाई कायम राख्दै अन्त्यसम्म पनि भारतलाई बल पोजिसनमा कुनै दवाव दिएको थिएन ।
पहिलो हाफदेखि नै भारतले सिर्जना गरेको आक्रमणलाई कप्तान किरण चेम्जोङले विफल बनाउँदै आएका थिए ।

 

खेलको ३४औं मिनेटमा नेपालको खाली पोष्टमा भारतका कप्तान सुनिल क्षेत्रिले गोल गर्न नसक्दा नेपाल पछि पर्नबाट जोगिएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा खेलेको नेपाल दोस्रो हाफको ८२औं मिनेटमा फारुख चौधरीको हेडरलाई क्षेत्रीले गोलमा परिणत गरेपछि १(० गोलले भारतसँग पराजित हुन पुगेको हो ।

यस हारपछि नेपाल नेपाल तीन खेलमा ६ अंकसहित शीर्ष स्थानमै छ भने भने तीन खेलमा समान ६ अंक बोकेको माल्दिभ्स दोस्रो स्थानमा छ ।

 

त्यसैगरी हिजोको जीतसँगै तीन खेलमा पाँच अंक लिएर भारत तेस्रो स्थानमा र बंगलादेश तीन खेलमा चार अंकसहित चौथो स्थानमा रहेको छ । अब नेपालले अन्तिम चरणको खेलमा आउँदो बुधबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन भारतले माल्दिभ्ससँग खेल्दैछ ।

यदि नेपालले बुधबारको खेलमा बंगलादेशसँग जीत वा बराबरी मात्र गर्न सकेको खण्डमा पनि नेपालको फाइनल यात्रा सुनिश्चित छ । नेपाल र बंगलादेशको खेल पर्सि बुधबार दिउँसो ४।४५ बजेदेखि माले राष्ट्रिय रंगलशालामा खेलिंदैछ ।

adv-single
सम्बन्धित समाचार

गीतकार प्रमिला बस्नेतको 'सधैं देख्ने सपनाको' सार्वजनिक

काठमाडौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनि नेपाली गीतसंगीतमा सक्रिय रहेकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको...

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ (चितवन) । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन् । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल...

काेशीका मुख्यमन्त्री कार्कीविरूद्धकाे संकल्प प्रस्ताव बहुमतले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेको सो सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७०...

सांसद हसिना खानले लिइन् शपथ

काठमाडौँ । सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको शपथ गराएका...

एकीकृत समाजवादीले कोशी प्रदेशमा मुख्यमन्त्री मागेको छैन : नेता खनाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने...

रूखबाट खसेर एक पुरूषको मृत्यु

ढोरपाटन (बागलुङ) । बागलुङमा घाँस काट्ने क्रममा रूखबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका-४, खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो । बिहान ८ बजे बाख्रालाई घाँस...

जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर-५, धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको...

नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित

विराटनगर । नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्लासभा सदस्य एलेक्स लीद्वारा अनसंग हिरो २०२४ को रूपमा थापा सम्मानित भएका हुन् । थापा महिलाहरूको लागि मार्शल...

जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

जजरकोट । भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा पाँच सय विद्यार्थीहरूलाई शैक्षिक सामग्री...

बूढीगंगाकी उपाध्यक्ष सार्वजनिक बिदाको दिन सरकारी गाडी लिएर व्यक्तिगत सफरमा

विराटनगर । सरकारले कार्यालयीय कामको प्रयोजनमा आवतजावतमा सहजताका लागि स्थानीय तहका जनप्रतिनिधिलाई सवारी साधनको व्यवस्था गर्छ । यसरी व्यवस्था गरिने सवारी साधन कार्यालयीय प्रयोजनमा बाहेक प्रयोग गर्न पाइँदैन । तर, जनप्रतिनिधिहरूको सरकारी गाडी दुरूपयोगको शृंखला...

एसीसी प्रिमियर कप : अपराजित रहँदै नेपाल सेमिफाइनलमा

एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित भएको छ। बुधबार साउदी अरबलाई ६ विकेटले पराजित गर्दै नेपाल समूह 'ए' मा अपराजित रहेको हो। यसअघि नेपालले समूहमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको...

साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको मध्यम लक्ष्य

विराटनगर । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा साउदी अरेबियाले नेपालसामु जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमेरत खेल मैदानमा जारी खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ...