विराटनगर । मोरङको धनपालथान गाउँपालिका ४ नम्बर वडा स्थित कर्सिया बजारमा रहेको सिटिजन बैङ्क इन्टरनेशनलको शाखा कार्यालयमा भारतीय लुटेरा समूहले लुटपाटगरेका छन् ।
स्थानीयका अनुसार पाँचजनाको समूहमा आएका लुटेरा समूहले आज दिउँसो बैंकका सुरक्षा गार्ड माथि तीन गोली चलाएर बैंकमा लुटपाट गरेको हो ।
बैंकका सुरक्षाकर्मी माथि गोली प्रहार गरी बैङ्क लुटेको शाखा प्रमुख एलिना श्रेष्ठले बताएकी छिन् । मोरङका प्रहरी उपरीक्षाक जनार्दन जिसीले गोली चलेको पुष्टि गरे । बैङ्क लुट्न आएको समूहले गोली चलाएको स्थानीयले बताएका छन् । लुटपाटका लागि गोली चलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई पनि गोली लागेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुको पहिचान खुलाउने प्रयास भइरहेको छ, यद्यपि उनीहरु भारतीय नागरिक भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । थप अनुसन्धान जारी रहेको स्रोतले बतायो ।
Post Views: 260