सरकारले बलिको पैसा दिँदैन, दरबारले पठाउन छाड्यो टीका र जमरा

सरकारले बलिको पैसा दिँदैन, दरबारले पठाउन छाड्यो टीका र जमरा

 राष्ट्रिय डेली

 

पोखरा । नेपालको शाहवंशीय राज्यसत्ता कास्कीबाट सुरु भएको हो । कास्कीकोट दरबारमा कुलमण्डन खाँले राज्य गरेपछि शाह वंशको सुरुआत भयो । पछि लमजुङबाट गोरखा हुँदै काठमाडौं बसाईं सरे ।

विस्तारै पुराना दरबारहरू ओझेलमा पर्दै गए । राजसंस्था रहुन्जेल कास्कीकोट, लमजुङ र गोरखा दरबार चर्चामै थिए । अहिले राज्यको पुनःसंरचना भएको छ । देशमा गणतन्त्र आयो । राजसंस्थाका अवशेषहरू पनि विस्तारै हराउँदै छन् ।

नेपालमा राजतन्त्र छँदासम्म कहिलेकाहीँ पुरानो भूमि कास्कीकोटमा दसैं मनाउन राजपरिवार आइपुग्थे । राजसंस्था नभए पनि अघिल्लो वर्ष पूर्वयुवराज पारस शाह कास्कीकोटमै क्षमापूजा गरेर फर्किए । राजा नभएपछि शक्तिपीठहरूमा राष्ट्रपति आउनुपर्ने हो, जनप्रतिनिधि पुग्नुपर्ने हो । तर अहिलेसम्म कोही पुगेका छैनन् । राज्यको प्रतिनिधिका रूपमा भारद्धाज गोत्रका ठकुरीले परम्परा धानिरहेका छन् । कास्कीकोटमा ६ जना पुजारी छन् । अधिकारी, बराल, त्रिपाठी, तिमल्सिना दुईथरी र बास्तोलाले पूजा गर्ने चलन छ । बर्कामणि, फेवाली, कोटाले र राजा साहेवकर्ता हुन्छन् ।

 

यो चलन अहिले पनि जीवित छ । गणतन्त्र आउनुअघिसम्म टीका, जमरा र नवमीको बलि दरबार पठाउने चलन थियो । ‘पहिले राजाको दसैं भन्ने हुन्थ्यो । नवमीको दिन बलि दिइएको बोकाको दाहिने सपेटो दरबारमा पठाउने चलन थियो । हाम्रा हजुरबुबाहरूले दरबारमै पुगेर राजालाई टीका लगाइदिने चलन पनि थियो,’ कास्कीकोट दरबारका पुजारी ठाकुरप्रसाद त्रिपाठीले भने, ‘पछि हुलाकबाट पठाउन थालियो । अब अहिले कता पठाउने रु अलमल छ । राष्ट्रपतिलाई पठाउने कि कता पठाउने रु न सरकारले ध्यान दियो, न पठाउ भनेको छ ।’ सरकारले पूजाका लागि लाग्ने खर्च नपठाएका कारण आफूहरूले पनि चासो नदिएको उनले सुनाए ।

‘हुन त राज्यले पनि हामीलाई पैसा पठाएको छैन । जाँदाजाँदा हैरान भइसक्यो । पूजा खर्च भनेर सीडीओकोमा गएको पाँच हजार दिए । संस्कार धान्न गुठियारहरूले चलाइरहनुभएको छ । नत्र परम्परा उहिलै हराइसक्थ्यो,’ उनी भन्छन्, ‘राजा नभएपछि टीका जमरा अहिले राष्ट्रपतिलाई पठाउनुपर्ने हो । त्यसो गरिएको छैन ।’

 

परम्परा धान्नका लागि मात्रै आफूहरूले पूजा नछाडेको त्रिपाठी बताउँछन् । ‘परम्परा धान्नै पर्‍यो । ऋण खोजेर १७ वटा बोका र सातवटा राँगाको बलि अर्पण गर्दैछौं,’ उनले थपे, ‘हामीले समितिले ऋण खोजेरै भए पनि बलि दिन्छौं । कम्तीमा दुई लाख ३० हजार बलिमा खर्च हुन्छ । पूजाको अरु खर्च छुट्टै छ ।’ उनका अनुसार बलि दिन जातीय विभेद दरबारमा छैन । सबैले ढुक्कसँग बलि दिने व्यवस्था मिलाइएको दरबारले जनाएको छ ।

कास्कीकोट र अन्य दरबारमा पूजा परम्परा फरक नभएको त्रिपाठीले जानकारी दिए । ‘यो त ओझेलमा परेको ठाउँ हो । यहीँको सिको लमजुङ र लमजुङको सिको गोरखाले गरेको हो, उनी भन्छन्, ‘शक्तिपीठमा पूजाको परम्परा एउटै हो । बलिमा तलमाथि हुन्छ । उता धेरै सम्पत्ति छ, २१ वटा राँगा काट्छन् । हामीसँग पैसा छैन, सातवटा काट्छौं ।’

 

सरकारले हिजोआज शक्तिपीठलाई बजेट छुट्याउन छोडेको छ । यो वर्ष विश्व शान्तिको कामना तथा नेपालको उन्नति र रोगव्याधी हरणको निमित्त संकल्प गरेर पूजा गरिएको हो । ‘कोरोनाले अघिल्लो वर्ष राम्रो भएन । अहिले कोरोना पनि घटेको छ । सामाजिक दूरी कायम गरेर भक्तालु आउनुहुन्छ,’ उनी भन्छन्, ‘पूजा परम्परामा पनि कोभिडले थोरै असर गरेको छ । तर रौनक केही फेरिएको छैन, तरिका फेरिएको छैन ।’ शास्त्रीय पद्धतिअनुसार चल्ने भएकाले परिवर्तन नभएको बरु पहिले हराएका विधिलाई थपिएको उनको भनाइ छ ।

 

कास्कीकोटमा तान्त्रिक र वैद्धिक दुवै पूजा हुन्छ । बानदार ६ जना र पाला पुजार १२ गरी १८ जना दशमीका दिनसम्म दरबारमै बस्छन् । षष्टीको दिन त्रिपाठीहरू पोखराकै रामघाट गएर सप्तमीको दिन डोलीसहित फूलपत्र भित्र्याउने चलन छ । त्यसपछि नेपालकै पुरानो टुँडिखेल कुलमण्डन पार्कमा सरुन प्रवचनसहित अष्टमीमा राति कालरात्रीको महावलि पूजा गर्ने चलन छ ।

नवमीमा सबै भक्तजनका लागि पन्चवली पूजा हुन्छ । होम हुन्छ, वेद र चण्डी पाठ हुन्छ । दशमीको दिन टीका लगाएर वासपानी कुण्डमा लगेर विसर्जन गर्ने चलन छ । ‘मान्छेहरू उत्साही छन् । विशेष कारणले नआउने हुन सक्छ, तर उत्साह र प्रचलन घटेको छैन,’ पुजारी त्रिपाठी भन्छन्, ‘परम्परा नहराओस् भनेर नयाँ पुस्तामा पनि हस्तान्तरण गर्न थालेका छौं ।’ कास्कीकोटसहित पोखराका विन्ध्यावासिनी, तालबाराही, केदारेश्वर जस्ता महत्वपूर्ण पीठहरूमा पनि परम्पराअनुसार दसैं पूजा हुँदै आएको छ ।

adv-single
सम्बन्धित समाचार

मुगुकी नोन्जोमले असीऔं जन्मदिनमा पाइन् नागरिकता

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मिएकी उनलाई उनको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी...

आफैं सवार बसले ओर्लने क्रममा ठक्कर दिएर तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२, गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्केकी राप्ती नगरपालिका–२, गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट...

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न, यी विषयमा भयो छलफल र सहमति

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल...

जंगलबाट गाउँ पसेको डढेलोले खोटाङमा १३ घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा १३ वटा घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मतान, दुईवटा गोठ खरानी पारेको हो । क्षतिको...

यस्तो रहने छ आज दिनभरको मौसम

विराटनगर । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।...

झापामा बोलेरोको ठक्करबाट एकै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

दमक (झापा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-झिलझिले खण्डमा आज बिहान बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका-४ का तीन जनाको मृत्यु भएको छ । आज बिहान बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई,...

कतारका राजाको ऐतिहासिक नेपाल भ्रमण कति उपलब्धिमूलक ?

विराटनगर । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका...

बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर एक जनाको मृत्यु

विराटनगर । पाँचथरमा बाँदर धपाउनका लागि भरूवा बन्दुक पड्काउँदा बारूदको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका-४, सिबुवाका ५१ वर्षीय मनकुमार सिगुको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार राति साढे १०...

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको...

झापामा सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर (झापा) । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा...

टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस सार्वजनिक, कति छ मूल्य ?

विराटनगर । टीभीएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ । यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे,एन्टर्क, रेडर, आईक्युबजस्ता उत्कृष्ट...