आगजनी र तोडफोडको विरोधमा युवाहरु सडकमा

आगजनी र तोडफोडको विरोधमा युवाहरु सडकमा

 राष्ट्रिय डेली

 

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ५ का एक युवाले जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षभित्रै असोज २३ आत्महत्या गरेको र त्यसपछि आन्दोलनमा उत्रेकाहरुले इनरुवा ९ बबियाको विष्णु शर्माको घरमा आगजगनी र प्रहरी कार्यालयमा तोडफोड गरेको विरोधमा मंगलबार इनरुवामा केहीबेर सडक जाम र नाराबाजी गरेको छ ।

स्थानीय युवाहरु र हिन्दु समर्थक युवाले शर्माको घरमा आगजनी र प्रहरी कार्यालयमा ढुगामुडा तथा तोडफोड गरेकाले त्यसको निष्पक्ष छानविन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, पीडित शर्मा परिवारलाई क्षतीपुर्ती दिनुपर्ने, अराजक कार्य बन्द गर्नुपर्ने, आक्रमण, आगजनी र तोडफोडमा उत्रेकाहरुलाई पहिचान गरी कानुनी कार्वाही गर्नुपर्ने, सामाजिक, सांस्कृतिक र धार्मिक सदभाव कायम गर्नुपर्ने , छोरीचेलीको सुरक्षा दिनुपर्ने माग गर्दै पूर्व पश्चिम लोकमार्ग अन्तरगत इनरुवा नगरपालिका ४ बसचौकमा मध्यान केही बेर टायर बालेर सडक अरुद्ध गरेकोमा प्रहरीको समन्वयमा खुलाइएको थियो । सडक अवरुद्ध सहित शान्तीपूर्ण अन्दोलनमा युवाहरुले सम्बोधन गर्दै सामाजिक, सांस्कृतिक र धार्मिक सदभाव कायम गर्नुपर्ने र घटनाको छानविन तथा क्षतीपुर्ती दिनुपर्ने माग गरेका थिए । भोक्राहा नरसिंह ५ का केही मुस्लिम युवाहरुले शर्माको घरमा आगजनी गरेका थिए ।

सयौंका संख्यामा रहेका भोक्राहा नरसिंह गाउँपालिका ५ का युवाहरुले आगजगनी गरेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप तैनाथी र दुहवीको दमकलले नियन्त्रण लिएको थियो । सोही आगो नियन्त्रण गर्न गएको इनरुवा ९ का ४५ वर्षिय दयान्दन खत्वेलाई पनि अराजकता पर्दशन गर्ने आन्दोलनकारी युवाहरुले भाटोले हानेर गम्भिर घाईते बनाईदिएको थियो ।

पीडित खत्वेको इनरुवा अस्पतालमा उपचार भएको थियो । खत्वेको टाउँकोमा सात टाका लगाएको छ भने हात काटिएकोमा सिलाई गरिएको छ । यसैबीच जिल्ला प्रहरी कार्यालयको हिरासतमा थुनुवा मृत्युको विषयलाई लिएर सुनसरी प्रशासनमा सर्वपक्षीय बैठक बसेको र पीडित पक्षहरुसंग दुई चरणमा छलफल गरिएको छ । थुनुवाको मृत्यु पश्चात चर्केको माहोल साम्य पार्ने विषय केन्द्रीत रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठकले घटनास्थल र पक्षहरु सहित सुरक्षा निकायका प्रमुख एवम राजनीतिक दलका प्रतिनिधिहरुको सुझाव लिएको थियो ।घटनालाई अतिरञ्जित गर्ने प्रयास भैरहेको तर्फ संकेत गर्दै सहभागिले सद्भाव कायम राख्न सर्वपक्षीय छलफलको आवश्यक्ता औल्याएका थिए । बैठकले प्रहरी हिरासत भित्र युवकको मृत्यु घटनासँगै बबियामा रहेको युवतीको घरमा भएको आगजनीको विषय उपर समेत छानविन हुनुपर्ने माग गरेको थियो । उता प्रजिअ यादवले सर्वदलीय बैठकको निष्कर्श अनुसार अघि बढ्ने बताएका थिए ।

adv-single
सम्बन्धित समाचार

बर्दिवासलाई पराजित गर्दै एपीएफ मिल्स गोल्डकपको सेमिफाइनलमा

  विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल ९एपीएफ० पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आज भएको उद्घाटन खेलमा महोत्तरीको नगर खेलकुद...

गीतकार प्रमिला बस्नेतको 'सधैं देख्ने सपनाको' सार्वजनिक

काठमाडौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनि नेपाली गीतसंगीतमा सक्रिय रहेकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको...

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ (चितवन) । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन् । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल...

काेशीका मुख्यमन्त्री कार्कीविरूद्धकाे संकल्प प्रस्ताव बहुमतले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेको सो सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७०...

सांसद हसिना खानले लिइन् शपथ

काठमाडौँ । सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको शपथ गराएका...

एकीकृत समाजवादीले कोशी प्रदेशमा मुख्यमन्त्री मागेको छैन : नेता खनाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने...

रूखबाट खसेर एक पुरूषको मृत्यु

ढोरपाटन (बागलुङ) । बागलुङमा घाँस काट्ने क्रममा रूखबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका-४, खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो । बिहान ८ बजे बाख्रालाई घाँस...

जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर-५, धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको...

नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित

विराटनगर । नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्लासभा सदस्य एलेक्स लीद्वारा अनसंग हिरो २०२४ को रूपमा थापा सम्मानित भएका हुन् । थापा महिलाहरूको लागि मार्शल...

जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

जजरकोट । भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा पाँच सय विद्यार्थीहरूलाई शैक्षिक सामग्री...

बूढीगंगाकी उपाध्यक्ष सार्वजनिक बिदाको दिन सरकारी गाडी लिएर व्यक्तिगत सफरमा

विराटनगर । सरकारले कार्यालयीय कामको प्रयोजनमा आवतजावतमा सहजताका लागि स्थानीय तहका जनप्रतिनिधिलाई सवारी साधनको व्यवस्था गर्छ । यसरी व्यवस्था गरिने सवारी साधन कार्यालयीय प्रयोजनमा बाहेक प्रयोग गर्न पाइँदैन । तर, जनप्रतिनिधिहरूको सरकारी गाडी दुरूपयोगको शृंखला...

एसीसी प्रिमियर कप : अपराजित रहँदै नेपाल सेमिफाइनलमा

एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित भएको छ। बुधबार साउदी अरबलाई ६ विकेटले पराजित गर्दै नेपाल समूह 'ए' मा अपराजित रहेको हो। यसअघि नेपालले समूहमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको...