विराटनगर । फोहोरी राजनीतिक खेलकै कारण नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलुताइरीले अब नेपाल नफर्किने घोषणा गरेका छन् । साफ च्याम्पियनसिपको फाइनल खेल नै आफ्नो अन्तिम प्रशिक्षण हुने उनले घोषणा गरे । उनले फाइनलपछि आफू नेपालमा नबस्ने बताएका छन् ।
आफ्नो नेतृत्वमा नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका प्रशिक्षक अब्दुल्लाहले फाइनल नै आफ्नो अन्तिम खेल हुने बताएका हुन् । नेपालले बुधबार भएको बंगलादेश विरुद्धको खेलमा एक–एक गोलको बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो ।
खेलपछि पत्रकार सम्मेलनमा बोल्दै अब्दुल्लाले आफू नेपालमा थप नबस्ने बताएका हुन् । ‘म नोकर होइन, प्रशिक्षक हुँ,’ अब्दुल्लाहले भने, ‘फाइनल मेरालागि अन्तिम खेल हुनेछ । र नेपाल कहिल्यै फर्किने छैन ।’ उनले आकाशतर्फ फर्किएर आँशु नै खसालेका थिए । उनको यो घोषणाले नेपाल स्तब्ध भएको छ ।
Post Views: 2